Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्वदेशी उत्पादनको प्रदर्शनी

स्वदेशी उत्पादनको प्रदर्शनी


काठमाडौं । स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।

वनस्थली चमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘आत्मनिर्भर नेपाल अभियान’अन्तर्गत शनिबार आयोजित प्रदर्शनीमा विभिन्न ३० प्रदर्शनी कक्ष छन् । यसमा कृषि सामग्री, खेतीबाली, स्वदेशी खाद्यान्न, प्राङ्गारिक मल, हस्तकलाका सामग्री, जडिबुटी तथा वनस्पति, अल्लो र गाँजाका कपडालगायत सामग्री छन् । रास्वपाका उद्योग विभाग प्रमुख एवं सांसद गणेश पराजुलीले उद्यमीले गरिरहेका प्रयासलाई प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्याउन प्रदर्शनी आयोजना गरिएको बताए । उत्पादन वृद्धि गरेर आत्मनिर्भर मात्र होइन सम्भावना भएसम्म निर्यात पनि गर्नुपर्ने उनको भनाइ थियो ।

स्वदेशमा सम्भावना र उत्पादन भएका वस्तुलाई प्रवर्द्धन गर्न, उत्पादन गरेका वस्तुको बजार खोज्न, उत्पादन गर्ने प्रविधि विकास गर्न र प्रविधि तथा बजार हुँदाहुँदै पनि नीतिगत समस्या रहेको उनले बताए । प्रदर्शनीले स्वदेशी उत्पादनको बजारीकरणमा एवं उद्यमीलाई प्रोत्साहन समेत हुने अपेक्षा लिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x