Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजिहोको एई४ इलेक्ट्रिक स्कुटर नेपालमा

जिहोको एई४ इलेक्ट्रिक स्कुटर नेपालमा


काठमाडौं । इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी जिहोले एई४ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भूत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

नेपालका लागि जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरमार्फत कम्पनीले एई४ स्कुटर नेपालमा उपलब्ध गराएको हो । एई४ को ३.० किलोवाट मोटरले ६५ किमी÷प्रतिघण्टाको गति दिने जनाइएको छ । साथै, यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्छ । सुरक्षालाई प्राथमिकता दिँदै एई४ मा एबीएस र ईटीसीईएस राखिएको छ । यसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । साथै, यसमा भएको क्लजिङ वार्निङ सिस्टम र स्लोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्ने कम्पनीले जनाएको छ । स्कुटरको उन्नत एनएफसी कि लेस इन्ट्री प्रणाली, डिजिटल की, पासवर्ड र मेकानिकल कीजस्ता बहुविधि अनलकिङ तरिकाहरूले सुरक्षा र सहजता दुवै प्रदान गर्छ ।

कम्पनीका अनुसार एई४ को ७४ भी २७ एएच एटीएल लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा एक सय ७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ र साथै टाइप सी र यूएसबी चार्जिङ पोर्टहरूले उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ भने अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।

नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रेजस्ता आधुनिक रङहरूमा एई४ उपलब्ध रहेको छ । साथै, यसको भी सेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिकरूप पनि दिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x