महँगी नियन्त्रण गर, देखिने काम यही हुन्छ
काठमाडौं । देशमा चाडपर्व नजिकिँदै आएछ भन्ने सन्देश कुनै तिथिमितिले होइन, बजारले दिने गरेको छ । यो कुनै एक वर्षको कुरा होइन । विगत लामै समयदेखि दोहोरिँदै आएको छ । चालू वर्ष अलिक बढी के भइरहेको छ भने भर्खर मात्र सरकारले अर्थतन्त्रमा व्यापक सुधार आएको भनेर घोषणा गर्यो । सरकारी दाबीमा त्यसमध्येको एउटा हो महँगी घट्नु । राष्ट्र बैंकका अनुसार अहिले महँगी पाँच प्रतिशतमा कायम छ । तर यता दैनिक उपभोग्य वस्तुहरूको मूल्य छोइसक्नु नै छैन । यस्तो महँगी कुनै एक/दुई जनाले देखेभोगेको होइन, सबै यसाबाट पीडित भइरहेका छन् । यसैलाई व्यङ्ग्य गर्दै भन्ने गरिएको छः अब चाडवार्ड घर आँगनमा नै आइपुगे छ । यो विषय कतिसम्म गम्भीर हुँदै गएको छ भने सांसदहरूले संसद्मा दिनहुँ कुरा उठाइरहेका छन् । तर सरकारले जवाफ दिएको छैन । खासगरी महँगीका सन्दर्भमा त देशमा सरकार भए/नभएको समेत हेक्का हुन छाडेको अवस्था छ ।
सरकारले अनुगमनलाई नियमिति बनाए चाडपर्व नजिकिँदै गएको अवस्थामा दैनिक उपभोग्य वस्तुहरूमा कृत्रिम अभाव, खडा गरेर उपभोक्ता लुटनेहरूको बिगबिगी केही हदसम्म घट्ने थियो । अनुगमनलाई नियमित बनाइयो भने कम्तीमा चाडवार्डका बेला अत्यधिक मात्रामा हुने कालोबजारी, मिसावट, मूल्यवृद्धि, बिचौलियाहरूको चलखेल आदिमा केही हदसम्म गिरावट आउने थियो । राष्ट्रियसभा बैठकमा एक जना सांसदले त बिचौलियाका कारण उपभोक्ताहरूको दैनिक जीवन गुजार्न गाह्रो परेको भनेर सरकारको ध्यानाकर्षन नै गराएका छन् । उनको भनाइमा चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, बिचौलियाहरूको चलखेल समेतका कारणले उपभोक्ताको दैनिक जीवनमा असर पर्नुका साथै आमनागरिकमा निराशा र आक्रोश बढेको छ । यस्तो अवस्थाको अन्त्यका लागि दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपभोग गरिने वस्तुहरूको आपूर्ति सहज बनाउन, मूल्य नियन्त्रण गर्न बिचौलियालाई कानुनी दायरामा ल्याउन र बजारमा उपभोक्ताहरूको सहज र सरल पहुँच विस्तार गर्न आवश्यक छ । उपभोग्य वस्तुहरूको आपूर्ति प्रणालीलाई सहज, सरल र व्यवस्थित बनाई उपभोक्ताहरूको हित प्रवद्र्धनका लागि गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारगत समस्याको पहिचान गरी उपभोक्ताले महसुस गर्ने गरी ती समस्याको समाधान समयमै गरियोस् ।
उपभोक्ता हकहित अभियन्ताका अनुसार यतिबेला खासगरी तरकारी समूह छोइनसक्नु भएको छ । सरकारले अनुगमन नगर्दा जताततै मनपरी प्रकारले मूल्य राख्ने गरिएको छ । एउटै तरकारीको मूल्य पसलैपिच्छे फरक–फरक हुने गर्छ । बजार यति धेरै अराजक भइसकेको छ जहाँ उपभोक्ता बोल्न समेत पाउँदैनन् । कृषकले पाउने मूल्य र उपभोक्ता मूल्यको अन्तर व्यापक छ । सरकारले तत्काल बजारमा हस्तक्षेप गरेन भने चाडपर्वका दिन सरकारप्रतिको आक्रोश झनै आकाशिने स्थिति देखिन्छ । निरन्तर वर्षात् भएका कारण तरकारी समूह केही महँगो हुनु स्वाभाविक होला, तर त्यसको आडमा सम्पूर्ण खाद्यवस्तुमा दोब्बर तेब्बरले मूल्य बढेको स्थिति सामान्य होइन ।
नियमित अनुगमन भए र अनुचितरूपले मूल्य राखेको भेटिए कारबाही हुन्छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्छ । त्यसो भयो भने विक्रेताहरूमा भय उत्पन्न हुन्छ र उपभोक्तामा पनि अचाक्ली मूल्य वृद्धिका सन्दर्भमा प्रश्न गर्न सक्ने मनोबल बढ्छ । सरकारले ध्यान दिनुपर्ने बेला नै यही हो । केही अनुचित मूल्य असुली गरिहेका व्यापारीहरूलाई कारबाही गरेर देखाइदिए बजार आफैँ नियन्त्रित हुन सक्छ । यो दशैँमा नयाँ सरकारका सय दिन पुग्छन् । सय दिनमा देखाउने काम गर्छौँ भनिरहेका छन् । बजार नियन्त्रण गरिए सबैभन्दा देखिने काम यही हुन्छ । सरकारको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया