Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु महालक्ष्मी लाइफले १० प्रतिशत लाभांश वितरण गर्ने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९÷८० को खुद नाफामध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको यही भदौ सात गते बसेको सञ्चालक समितिको १६औं बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । यसबाहेक कम्पनीले चुक्ता पुँजीवृद्धिको लागि सात प्रतिशत हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गरेको छ । बीमा प्राधिकरणको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी पाँच अर्ब रुपैयाँ कायम हुनुपर्नेछ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी चार अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ । यसबाट अपुग हुने चुक्तापुँजीको लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x