काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बीमितहरूले आफूले लिएका बीमालेखहरूको निरन्तरताका लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामग्री सार्वजनिक गरेको छ । किनकि जीवन अमूल्य छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्षदेखि नेपालीहरूको घरदैलोमा जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जस्तोसुकै परिस्थिति आए पनि बीमालेख सरेन्डर गर्नुहुँदैन भन्ने सन्देश दिनका लागि यो भिडियो बनाएको हो ।
भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पीडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ । मुख्य पात्रको भूमिकालाई अलिक पृथक तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीतमार्फत व्यक्त गरिएको छ । काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिँड्न तथा जीवन बीमा योजनालाई बीचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिँड्न समेत विशेष आग्रह गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बीमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बीमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको कुरा बताए । उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरे । आगामी दिनमा पनि कम्पनीले बीमाको सचेतना अभिवृद्धि गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : बीमा बजार, बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया