कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकालाई आइतबार एक कार्यक्रमको आयोजना गरी पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिकाअन्तर्गतका विभिन्न सरकारी विद्यालयहरूमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरूलाई स्कुल ब्यागलगायतका विविध शैक्षिक सामग्रीहरू खरिद गरिने बैंकले जानकारी दिएको छ ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने र प्रेम कुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागीय प्रमुख नारायणप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयका तर्फबाट निर्देशक प्रदीपराज जोशी एवम् शाखा प्रमुख दीर्घबहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसीलगायतका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सांस्कृतिक संरक्षणसम्बन्धी परोपकारी कार्य गर्दै आइरहेको र आगामी दिनमा सम्पूर्ण बैंकिङ सुविधासहितको घर आँगनको बैंकको रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै साझा समृद्धिका लागि सबैको रोजाइको बैंक बन्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया