गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने
दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । संस्थाले वार्षिक साधारणसभाको अवसर पारेर एक सय ३० जना विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउन लागेको संस्थाका प्रमुख व्यवस्थापक भेषबहादुर मिजारले जानकारी दिए । सो संस्थाले हरेक वर्ष साधारणसभाको अवसर पारेर छात्रवृत्ति वितरण गर्ने गरेको छ । सहकारीले सूचना प्रकाशित गर्दै छात्रवृत्तिका लागि सामुदायिक विद्यालयलाई विद्यार्थी सिफारिस गर्न आह्वान गरेको छ । संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ आफ्ना गरिब तथा जेहेन्दार सदस्य विद्यार्थीलाई आवेदन दिन विवरण माग गरेको हो । संस्थाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार संस्थामा सदस्य रहेका विद्यार्थीमध्ये कार्यक्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने व्यवस्थापक मिजारले बताए ।
उनका अनुसार विद्यालय आधारभूत तहमा अध्ययनरत ५०, माध्यमिक तह ९/१० का ३० जना, माध्यमिक तह ११/१२ का ३० र स्नातकतह (क्याम्पस) का २० जना गरी कुल एक सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । जनमुखी सहकारी संस्थामा सदस्य बनेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्बन्धित विद्यालयले सिफारिस गर्नुपर्ने हुन्छ । हरेक विद्यालयले तहगतरूपमा एकएक जना विद्यार्थी सिफारिस गर्न सक्नेछन् ।
क्याटेगोरी : सहकारी–कृषि, बागमती प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया