‘फेसियल हाउस ब्युटी एकेडेमी’ चितवनमा
काठमाडौं । ब्युटी सलुन फेसियल हाउसले चितवनमा पनि आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ । ब्युटी पार्लरसम्बन्धी विभिन्न तालिम लिन चाहने चितवनका महिला तथा पुरुषलाई समेत लक्षित गरी शनिबारदेखि ‘फेसियल हाउस ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याएको हो ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराका अनुसार चितवको भरतपुरस्थित सीजी ल्यान्डमार्कमा सो ब्युटी एकेडेमी सञ्जालनमा ल्याइएको हो । ब्युटी एकेडेमी उच्चस्तरीय प्रविधिमा आधारित रहेको उनको भनाइ छ । यो ब्युटी एकेडेमीले बेसिकदेखि डिप्लोमा र मास्टर्स लेभलको कोर्षहरू अध्यापन गराउँछ । साथै, वैदेशिक रोजगारीका लागि विदेश जान चाहनेहरूका लागि स्पेसल कोर्षको पनि व्यवस्था गरिएको महराले जानकारी दिइन् । फेसियल हाउसले गत वैशाखमा आफ्नो सातौँ शाखा भरतपुरमा सञ्चालनमा ल्याएको थियो । शाखा सञ्चालनसँगै सौन्दर्यकला पढ्न सिक्न चाहानेहरूको अनुरोधमै एकेडेमी सञ्चालनमा ल्याइएको हो । एकेडेमी सञ्चालनको अवसरमा छ महिने कोर्ष सिक्न चाहनेहरूलाई सम्पूर्ण खर्चमा ५० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक महराले जानकारी दिइन् ।
उनका अनुसार उक्त छुटको अवसर लिनका लागि एकेडेमी सञ्चालनमा आएको दिनदेखि एक हप्ताभित्र भर्ना भइसक्नुपर्नेछ । एकेडेमीमा कम्तीमा छ जना प्रशिक्षार्थी भएपछि र प्रशिक्षार्थीहरूको समयअनुसार कक्षा सञ्चालन गरिने छ भने प्रतिसमूह दैनिक दुई घण्टा कक्षा सञ्चालन हुने प्रबन्ध निर्देशक महराले बताइन् । फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जनाभन्दा बढी सेवाग्राहीले सेवा लिने सक्नेछन् । फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।
काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्रान्डमा सेवा प्रवाह भइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया