प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा इन्दु बर्मा
काठमाडौं । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई नयाँ ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । कन्सल्टेन्सीले आइतबार पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो ।
कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्सडेर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका निर्देशक कृष्ण श्रेष्ठले कप्तान बर्मालाई कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । महिला सशक्तीकरण र शिक्षा तथा खेलकुदमार्फत युवाहरूको विकासमा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले गरेको महत्वपूर्ण योगदानको चर्चा गर्दै निर्देशक श्रेष्ठले कप्तान बर्मालाई एम्बासडर नियुक्त गरेर क्रिकेट खेलाडीले समाजमा विभिन्न तवरबाट योगदान पुराउन सक्ने सन्देश दिन सफल भएको बताए । कन्सल्टेन्सीका कार्यक्रम निर्देशक राजु सिंहले बर्मालाई एम्बासडेर नियुक्त गरी अध्ययन र खेलसँगै लैजान सकिन्छ भन्ने सन्देश नागरिकमा जाने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया