होन्डा कारको दशैँ अफर
काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘होन्डा कार दशैँ उपहार, अफरमाथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार योजनाअन्तर्गत होन्डाको कुनै पनि कारको खरिदमा पाँच लाख रुपैयाँसम्मको क्यास छुट, दुई वर्षका लागि गाडीको बीमा, कर छुट र पाँच वर्षसम्म गाडीको सर्भिसिङ निःशुल्क पाउन सकिनेछ । ग्राहकहरूलाई ईजी फाइनान्सको सुविधा दिनको होन्डाको कार खरिद गर्दा न्यून व्याजदरमा २० प्रतिशतसम्मको डाउन पेमेन्ट पनि उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले निःशुल्क सामग्री र स्पट एक्सचेन्जको पनि सुविधा उपलब्ध गराउनेछ । यसका साथै कम्पनीले आफ्नो ग्राहकलाई सडक साइट सहयोगको सुविधा साथै दुई वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको र विश्वास गरिएको होन्डा कारको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया