मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण
जनकपुरधाम । मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन सय ९३ किमि सडक निर्माण गर्नुपर्नेमा हालसम्म तीन सय ३५ किमि सडक निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ । यहाँ आर्थिक वर्ष २०७२÷७३ बाट सुरु भई आव २०८०÷८१ सम्म उक्त सडक निर्माण भएको कार्यालयका सूचना अधिकारी रञ्जीतकुमार रायले जानकारी दिए । अब यी जिल्लामा ५८ किमि सडक निर्माण गर्न बाँकी छ ।
यहाँ सडक निर्माणका लागि आठ अर्ब ५१ करोड ७९ लाख ३९ हजार तीन सय खर्च भएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । सडक निमार्णले करिब ३५ लाख जनता लाभान्वित हुनुका साथै हुलाकी सडक छेउछाउका जमिनको मूल्यवृद्धि, आर्थिक गतिविधिमा बढोत्तरी भएको उनले बताए । निर्माणका क्रममा केही स्थानमा विवाद भएकाले सम्पूर्ण काम गर्न नसकिएको महतोको भनाइ छ ।
प्राप्त विवरणअनुसार सिरहामा २९ दशमलव ९८ किमी कमला बलान सडक, २७ दशमलव ४६ किमि गोलबजार जमदह लवदी र गरियानी खडग सडक र धनुषामा ३५ दशमलव ५८ किमी कदम चोक, कप्टौल, निकौरिया सडक, १० किमि यदुकोहा, खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमि जनकपुरधाम–जलेश्वर भिट्ठामोड सडक निर्माणसम्पन्न भएको छ ।
क्याटेगोरी : बिबिध, मधेश प्रदेश
ट्याग : #page 2
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया