वसन्तनगरमा मंगलादेवी ज्येष्ठ नागरिक पार्क निर्माण
काठमाडौं । काठमाडौं महानगरपालिका–६ वसन्तनगरमा मङ्गलादेवी ज्येष्ठ नागरिक पार्क निर्माण गरिएको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा सो पार्क निर्माण गरिएको हो ।
पार्कको सोमबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले वर्तमान संविधानले व्यवस्था गरेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था मङ्गलादेवीको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि रहेको बताए । नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको उनको भनाइ थियो । ‘अहिले संविधानले हरेक क्षेत्रमा समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । नीतिगत तहमा महिलाको हक र प्रतिनिधित्व सुनिश्चित भएको छ’, उनले भने, ‘महिलासँग जोडिएका आन्दोलन मङ्गलादेवीको नेतृत्वमा भएका हुन् ।’ नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्धनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए । पार्कको सञ्चालन र संरक्षण काठमाडौं–११ ले गर्ने वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया