इन्फिनिटी लघुवित्तको नाफा बढ्यो
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ५२ लाख ५२ हजार दुई सय चार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा निकै बढी हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ९२ लाख ९६ हजार चार सय ४४ रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४२ रुपैैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब २५ करोड ८२ लाख ११ हजार आठ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ३३ लाख एक हजरा सात सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ३० लाख ८३ हजार पाँच सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने तीन करोड १५ लाख ३५ हजार नौ सय ६२ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ९८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३१ करोड ९२ लाख ९८ हजार एक सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ४३ लाख ६१ हजार सात सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ६६ लाख २० हजार आठ सय छ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको आठ दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने ४० लाख ६४ हजार पाँच सय ४६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने ११ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया