एनआईसी एसिया बैंकलाई अन्तर्राष्ट्रियस्तरको बेस्ट इन डिजिटल अवार्ड
काठमाडौं । एनआईसी एसिया बैंकले बेस्ट इन डिजिटल अवार्ड प्राप्त गरेको छ । सेकेन्ड आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्सअन्तर्गत एनआईसी एसियाले उक्त अवार्ड प्राप्त गरेको हो ।
‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिकरूपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको छ,’ बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । इन्डियन चेम्बर अफ कमर्सको सेकेन्ड आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्सअन्तर्गत गत अगस्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजना गरिएको ’बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा एनआईसी एसिया बैंकले यो अवार्ड प्राप्त गरेको हो ।
यो अवार्डका लागि विमस्टेकअन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट एनआईसी एसियाले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यो अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इन्डियन चेम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया