इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको इरानद्वारा प्रशंसा
तेहरान । इजरायलमा सोमबार लेबनानको हिजबुल्लाह समूहले गरेको आक्रमणको इरानले प्रशंसा गरेको छ । इरानले उसको कट्टर दुश्मन इजरायलले बढ्दो क्षेत्रीय तनावका बीच यस्ता आक्रमण रोक्ने क्षमता गुमाएको बताएको छ ।
हिजबुल्लाह नेता हसन नसरल्लाहले आइतबार तेहरान समर्थित समूहले ‘गिलोट बेस–मुख्य इजरायली सैन्य गुप्तचर आधार’लाई निशाना बनाउँदै इजरायलमाथि ठूलो मात्रामा आक्रमण गरेको बताएका थिए । इजरायली सेनाले भने प्रतिष्ठानमा कुनै प्रहार नभएको बताएको छ ।
‘यहुदी शासन लेबनानी हिजबुल्लाह अभियानका सम्बन्धमा केही तथ्यलाई लुकाउन, विकृत गर्न वा सेन्सर गर्न सक्षम हुनसक्छ तर विद्यमान तथ्य परिवर्तन हुँदैन भन्ने उसलाई राम्ररी थाहा छ’, इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले सामाजिक सञ्जाल एक्समा भने, ‘इजरायली आतङ्कवादी सेनाले आफ्नो प्रभावकारी आक्रमण र निवारक शक्ति गुमाएको छ र अब उसले रणनीतिक आक्रमणहरूविरुद्ध आफ्नो रक्षा गर्नुपर्दछ ।’
कनानीले हिजबुल्लाहको आक्रमण ‘कब्जा गरिएका क्षेत्रहरूमा गहिराइसम्म फैलिएको’ र इजरायलको क्षतिका लागि ‘रणनीतिक सन्तुलनमा आधारभूत परिवर्तन’ भएको बताएका छन् । उनले इजरायलका लागि ‘व्यापक’ समर्थन गरेकामा संयुक्त राज्य अमेरिकाको पनि आलोचना गरेका छन् । अमेरिका हिजबुल्लाहको कार्यका लागि ‘समय र स्थानको भविष्यवाणी’ गर्न असफल भएको थियो ।
संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आइतबार उक्त आक्रमणको तुलना हिजबुल्लाहसँग सन् २००६ को युद्धमा इजरायली सेनाको ‘हार’ भएकोे बताए । ‘इजरायली शासनको आजको हार सन् २००६ को अपरेसनमा हारजत्तिकै थियो र उसले यो हारलाई लुकाउन सक्तैन’, उनले एक्समा पोस्ट गरेका छन् ।
इजरायलले आइतबार लेबनानमा हवाई आक्रमण गरेको भन्दै हिजबुल्लाहका ‘हजारौँ’ रकेट लन्चरलाई नष्ट गरेको र ठूलो आक्रमणलाई विफल बनाएको बताएको छ । टेलिभिजनमा प्रसारित सम्बोधनमा नसरल्लाहले आफ्नो समूहले दुई चरणमा आक्रमण गरेको बताए । पहिलो उत्तरी इजरायल र ११ सैन्य स्थानमा र गोलान हाइट्समा ‘२४० कत्युशा रकेट’ प्रक्षेपण गरिएको थियो ।
अक्टोबर ७ मा प्यालेस्टिनी सहयोगी हमासको आक्रमणसँगै गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाह लडाकूहरूले इजरायलसँग सीमापार दैनिक गोलीबारी गरेका छन् । तेहरानमा हमासका राजनीतिक प्रमुख इस्माइल हानिया र बेरुतमा हिजबुल्लाहका कमान्डर फआद शुक्रको हत्यापछि व्यापक क्षेत्रीय द्वन्द्वको त्रास बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया