पाकिस्तानमा तीन आतङ्कवादी हमला, ३९ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानमा आइतबार राति अज्ञात बन्दुकधारीले ३९ जनाको हत्या गरेका छन् । पाकिस्तानी अखबार डनका अनुसार बलुचिस्तानमा आक्रमणकारीहरूले राजमार्ग, प्रहरी चौकी र पाकिस्तान र इरानबीचको रेलमार्गलाई पनि निशाना बनाएका थिए ।
आक्रमणकारीहरूले पहिले बलुचिस्तानको मुसाखेल जिल्लामा राजमार्ग अवरुद्ध गरेका थिए । परिचयपत्र जाँच गर्ने नाममा आक्रमणकारीले एक एक गरी २३ जनाको गोली हानी हत्या गरेका थिए । मृत्यु हुने सबै यात्रु थिए । यसपछि रेलवे लाइनमा विस्फोट हुँदा छ जनाको मृत्यु भएको थियो ।
प्रहरी चौकीमा भएको आक्रमणमा सुरक्षाकर्मीसहित १० जनाको मृत्यु भएको थियो । रिपोर्टका अनुसार आतङ्कवादी संगठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)ले एक पत्रकारलाई इमेल गरेर हमलाको जिम्मेवारी लिएको छ । रेडियो पाकिस्तानका अनुसार जवाफी कारबाहीमा २१ बीएलए लडाकू मारिएका छन् । जवाफी कारबाहीमा पाकिस्तानी सुरक्षा बलका १४ सैनिक पनि मारिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया