Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारव्यावसायिक खाता र व्यक्तिगत खाताको लागि एउटै एप

व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि एउटै एप


काठमाडौं । हालै गुगल प्लेस्टोरमा एक करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इ–सेवा यस वर्ष आफ्ना मर्चेन्टहरूका लागि विशेष सेवा लिएर आएको छ, जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटलरूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इ–सेवाले समयसमयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने कुरा पनि यथावत् नै छ । अब इ–सेवासँग आबद्ध भएका मर्चेन्टहरूले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिङ्क गर्न सक्नेछन् । पहिले नेपालका व्यावसायीले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टाछुट्टै खाता प्रयोग गर्नुपर्ने अवस्था थियो ।

मर्चेन्ट लिंक सेवा आएसँगै अब इ–सेवा नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ । यसबाट प्रयोगकर्ता÷मर्चेन्टहरूले सजिलै भुक्तानी तथा कारोबारको सरलरूपमा एपबाट निगरानी राख्न सक्नेछन् । भुक्तानीको सूचना इ–सेवा एपको नोटिफिकेसनमार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिङ्क गरिएको मर्चेन्ट खाताको फोनपे क्युआरमार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् । त्यसका साथै मर्चेन्ट खातामा लिङ्क गरिएको सेटलमेन्ट बैंक खाताबाट सरलरूपमा पैसा निकाल्न पनि सकिनेछ । यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरलरूपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ । यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इ–सेवाका चिफ बिजनेस अफिसर आशीष गौतमले बताएका छन् ।

यो मर्चेन्ट लिङ्कको बारेमा बोल्दै इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै मर्चेन्टहरूलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू भित्र्याउने कुरामा विश्वस्त पारे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x