काठमाडौं । नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो सोमा आफ्ना तीन वटा मोडल सार्वजनिक गरेको छ । कम्पनीको स्टल नं एच–१६ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ई–क्यूट ०२, ०४ र इलेक्ट्रिक एसयूभी एक्सथ्री प्रो सार्वजनिक गरेका हुन् ।
साथै, कम्पनीले तीन वटै मोडलको बुकिङ खुलाएको छ । ई–क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा २०० किमी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० किमी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । यस्तै, यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
त्यसैगरी ई–क्युट ०४, तीन सय किमी रेन्जको मूल्य २४ लाख ९६ हजार छ । यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । तेस्रो मोडल एक्सथ्री प्रो ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३ दशमलव छ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र एक सय २० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।
यस्तै, कम्पनीको नाडा स्पेसल अफरअन्तर्गत केइ गाडीको खरिदमा ग्राहक ले सात दशमलव तीन किलोवाटको वाल माउन्टेड चारजर, एक वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया