क्यानडाले पनि चिनियाँ ईभीमा बढायो कर
क्यानडा । क्यानडाले पनि चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा एक सय प्रतिशत शुल्क लगाउने भएकोे छ । अमेरिका र युरोपेली संघले यसअघि नै चिनियाँ कारमा थप कर लगाइसकेका छन् ।
अमेरिका, युरोपेली संघ, क्यानडालगायतका पश्चिमी मुलुकहरुले चीनले आफ्नो विद्युतीय सवारी उद्योगलाई सहुलियत दिएको आरोप लगाउँदै आएका छन् । चीनले सहुलियत दिएका कारण आफ्नो देशका विद्युतीय गाडीको लागत महँगो भएकोले चिनियाँ विद्युतीय गाडीमा कर गाउनुपरेको बताउँदै आएका छन् ।
चीनले भने पश्चिमा मुलुकहरुले लिएकोे यो कदमलाई ‘व्यापार संरक्षणवाद’को संज्ञा दिएको छ । जुन विश्व व्यापार संगठनको नियमहरुको उल्लंघन गरेको आरोप चीनको छ ।
क्यानडाले विद्युतीय कारमा बढाएको ट्यारिफ शुल्क अक्टोबर एकदेखि लागू हुनेछ । यस्तै स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार लगाउने बताएको छ । जुन अक्टोबर १५ देखि लागू हुनेछ ।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले क्यानडाको कार्यले विश्व आर्थिक प्रणाली र आर्थिक र व्यापार नियमहरुलाई गम्भीररुपमा कमजोर पारेको बताए । चीनले क्यानडालाई आफ्नो गलत निर्णय तत्काल सच्याउन पनि आग्रह गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया