Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर धितोमा किन बढाए बैंकहरूले कर्जा ?

सेयर धितोमा किन बढाए बैंकहरूले कर्जा ?


सेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरूले झण्डै एक खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले सेयर धितो शीर्षकमा ९० अर्ब नौ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३ अर्ब ५५ करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकिङ क्षेत्रको यस्तो कर्जा ७६ अर्ब ५३ करोड ५० लाख रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैकहरूले मात्रै सेयर धितो कर्जामा ७० अर्ब ३४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११ अर्ब ६६ करोड ६० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष वाणिज्य बैंकहरूले सेयर धितो कर्जा ५८ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ प्रवाह गरेका थिए ।

समीक्षा अवधिमा विकास बैंकहरूले सेयर धितोमा १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४२ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा १४ अर्ब १६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।फाइनान्स कम्पनीहरूले गत आर्थिक वर्षमा सेयर धितो शीर्षकमा चार अर्ब १५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको यस्तो कर्जा तीन अर्ब ६९ करोड १० लाख रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार हायर पर्चेज अर्थात् सवारी धितो कर्जा शीर्षकमा भने बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०८०/८१ मा कुल एक खर्ब २४ अर्ब १० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरूले मात्र हायर पर्चेज शीर्षकमा एक खर्ब छ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले हायर पर्चेज शीर्षकमा क्रमशः १३ अर्ब ९९ करोड र तीन अर्ब २५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा भने बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेज शीर्षकमा कुल एक खर्ब ५९ अर्ब २१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जामध्ये वाणिज्य बैंकहरूले मात्र हायर पर्चेज शीर्षकमा कुल एक खर्ब ३८ अर्ब २६ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विकास बैंकहरूले १७ अर्ब ३५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंैकका अनुसार फाइनान्स कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा हायर पर्चेज शीर्षकमा तीन अर्ब ६० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x