प्रचण्डले दिएको १६ अर्ब विद्युत् महसुल छुटविरुद्ध संसद् विभाजित
कुलमानले अर्बौँको अनावश्यक सामान खरिद गरेर त्रिपालले किन छोपे ?
नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापत उद्योगी र व्यवसायीबाट उठाउनुपर्ने बक्यौता विद्युत् महसुलमध्ये करिब १६ अर्ब रुपैयाँ छुट दिने तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको निर्णयविरुद्ध संसद्मा आवाज उठेको छ । प्रचण्डले १६ अर्ब छुट दिने आशयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ऊर्जा मन्त्रालमा गरेको पत्राचारविरुद्ध सत्तारुढ नेकपा एमालेले बुधबार संसद्मा आवाज उठाएपछि माओवादीले उक्त आवाजविरुद्ध संसद्मा होहल्ला गरेको छ । संसद्मा आवाज उठ्नुअघि सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डलाई १६ अर्ब रुपैयाँ किन मिनाहा गरेको ? भनेर प्रश्न गरेका थिए ।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल नउठाएपछि महालेखापरीक्षकको ५६औँ देखि ६१औँ वार्षिक प्रतिवेदनसम्म त्यसलाई बेरुजु देखाउँदै उठाउन भनेको छ । महालेखाका अनुसार डेडिकेटड र ट्रंक लाइनको २१ अर्ब ८८ करोड रुपैयाँ बेरुजु छ । त्यसलाई प्राधिकरणले उठाउनैपर्छ । महालेखाको प्रतिवेदनभन्दा बाहिर गएर प्रचण्ड सरकारले यसअघि छ अर्ब रुपैयाँ मात्र उठाउन ऊर्जा मन्त्रालयमा पत्राचार गरेको थियो । महालेखाले प्राधिकरणको बेरुजु ४४ अर्ब ३२ करोड रुपैयाँ पुगेकोमा डेडिकेटेड र ट्रंक लाइनको मात्रै बेरुजु २१ अर्ब ८८ करोड रुपैयाँ देखाएको हो । त्यति धेरै बेरुजु भए पनि बिजुली उपभोग गर्ने व्यावसायिक ग्राहक, प्राधिकरणका कार्यकारी निर्देशक(एमडी) कुलमान घिसिङ र माओवादी अध्यक्ष प्रचण्डको मिलेमतोमा गठन भएको सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको आयोगले प्रश्न उठाएको भन्दै प्रचण्ड नेतृत्वको सरकारले छ अर्ब रुपैयाँ मात्र उठाउने भनेर ऊर्जा मन्त्रालयमा प्रधानमन्त्री कार्यालयले पत्राचार गरेको थियो । १६ अर्ब मिनाहा दिने प्रचण्डले अहिले ओली सरकारले छ अर्ब पनि मिनाहा दिन लाग्यो भनेर प्रचार गरेपछि एमालेले संसदीय समितिदेखि संसदसम्म प्रश्न उठाउन थालेको हो ।
बुधबार संसद्मा एमाले सांसद योगेश भट्टराईले ट्रंक र डेडिकेटेड लाइन उपभोग गर्नेहरूले उठाएको रकम मिनाहा दिने अधिकार प्रचण्डलाई नभएको भन्दै उनलाई यस विषयमा अख्तियारले समेत छानबिन गर्नुपर्ने आवाज उठाएका थिए । उक्त विषयमा बोल्दा सांसद भट्टराईले माओवादी हिंसाले गर्दा विद्युत् उत्पादन सोचेजस्तो नभएको भनेपछि माओवादी सांसदहरूले माओवादीको युद्धलाई हिंसा नभन्न माग गर्दै उनको शब्द रेकर्डबाट हटाउन आग्रह गरेका थिए । त्यही विषयले संसद्मा विवाद बढेको थियो । सांसद भट्टराईले प्रचण्ड नेतृत्वको सरकारको बारेमा मात्र प्रश्न गरेनन्, प्राधिकरणका एमडी कुलमान घिसिङले किन छ वर्षका लागि चाहिने सामान एकै पटक खरिद गरेर भुक्तानी गरेको भनेर प्रश्न गरेका थिए । संसद्को सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका भट्टराईले प्राधिकरणले हेटौँडाको गोदाममा छ वर्षका लागि पुग्ने सामान खरिद गरेर राखेका छन् । जगेडा सामान भनेको एक वर्षका लागि मात्र राख्ने चलन छ । तर भट्टराईले भने छ वर्षका लागि सामान खरिद राखेको जिकिर संसद्मा गरेका थिए । त्यस्तै प्राधिकरणले भक्तपुरको खरिपाटीमा पाँच अर्बका ट्रान्सफर्मर छोपेर राखेको भन्दै त्यसको पनि छानबिन हुनुपर्ने सांसद भट्टराईको माग छ । कुलमानले खरिद आफू मातहत ल्याएर अनावश्यक सामान खरिद गरेको समाचार आर्थिक दैनिकले यसअघि नै सार्वजनिक गरेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कमिसनकै लागि अर्बौँका ट्रान्सफर्मर, इन्सुलेटर, पोल, कन्डक्टर, कन्डक्टर हार्डवयर, पोल एसेसरिजलगायतका सामान खरिद गरेर थन्क्याएका हुन् । एमाले सांसदले आवाज उठाएपछि माओवादी सांसदले त्यसलाई रोक्न संसद्मा गैरसंसदीय शब्द भनेर आपत्ति जनाएका हुन् । बुधबार केहीबेर संसद्मा हंगामा भएको थियो । प्राधिकरणले कतिपय सामान ल्याएको वर्षौँ बिते पनि त्यसको कतैबाट पनि माग आएको छैन । यसअघि स्टोरमा सामान हुँदाहुँदै कुलमानले खरिदको अधिकार आफूमा ल्याएर कुनै पनि बेला चाहिने भनेर सामान खरिद गरेका हुन् । प्रबन्ध निर्देशक घिसिङले आफन्त वा नजिकका व्यक्तिहरूलाई ठेक्का दिएर कतिपय ठाउँमा त्यहीँबाट सामान दिएको र त्यसलाई हरायो भन्ने बहाना बनाएको स्रोतको दाबी छ ।
प्राधिकरणको ग्राहक सेवा निर्देशनालयअन्तर्गतको केन्द्रीय स्टोर र भक्तपुरको खरिपाटी तालिम केन्द्रको गोदाममा ती सामान थन्क्याएर खिया लगाउने काम भएको छ । ‘पछि काम आउँछ भनेर अर्बौँको सामान खरिद गरेर बजेट दुरुपयोग गरे पनि कतैबाट छानबिन र कारबाही अगाडि नबढ्नु दुःखद् कुरा हो’, प्राधिकरणकै एक अधिकारीले आर्थिक दैनिकसँग भने, ‘स–साना विषयमा छानबिन गरेर चर्चामा आउने संसद्का समिति हुन् वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कतैबाट पनि चासो नदेखाइनु कुलमानको भ्रष्टाचारमा मौन समर्थन गर्नु हो ।’कुलमानले खरिद अधिकार लिएर धमाधम सामान खरिद गरेर गोदाममा थन्क्याउने र ती सामान काम नलाग्ने बनाउँदा पनि प्राधिकरणको कर्मचारी युनियन नै मौन छन् । स्रोतका अनुसार खरिपाटी गोदाममा राखिएका कतिपय विद्युत् ट्रान्सफर्मरहरू मर्मत गरेर मात्र सञ्चालन गर्नुपर्ने अवस्थामा पुगेको छ भने कतिपयको माग नै हुने देखिँदैन । प्रबन्ध निर्देशक घिसिङले कमिसनका लागि महँगा सामान खरिद गरेका हुन् ।
लामो समयसम्म स्टोरमा सामान राख्दा प्राधिकरणको रकमको दुरुपयोग भएको छ भने कतिपय सामान क्रमशः हराउँदै जाँदा पनि प्राधिकरणको नेतृत्वले थाहा पाएर पनि नपाएको जस्तो गरिदिँदा थप दुरुपयोग बढेको छ । सरकारी वा सार्वजनिक संस्थानहरूले आवश्यक परेको बेलामा मात्र सामान खरिद गर्नुपर्नेमा प्रबन्ध निर्देशक घिसिङले पछि चाहिने भन्दै अगाडि नै सामान खरिद गरेर थन्क्याएर राज्यको रकमको दुरुपयोग गरेका हुन् ।सामान खरिद गरेर कुलमानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तका आफन्तलाई ग्राहक सेवा निर्देशनालयको प्रमुख बनाएका थिए । केन्द्रीय गोदाम ग्राहक सेवा निर्देशनालयअन्तर्गतको हो । प्राधिकरणलाई कुलमानले जति व्ययभार लगाए पनि कतैबाट पनि प्रश्न नगर्नुलाई सबैतिर सेटिङको रूपमा हेरिएको छ । कुलमान यस्ता व्यक्ति हुन् जसले पैसा लगानी गरेर आफ्नो पक्षमा वकालत गर्न लगाउँदै आएका छन् । अहिले उनले एउटा समूह खडा गरेका छन्, जसले बेलाबेलामा भन्ने गरेको छ, ‘कुलमानलाई छोएर त हेर ।’
जसले जतिसुकै प्रतिरक्षा गरे पनि कुलमानले प्राधिकरणलाई ठूलो भार पार्ने गरी सामान खरिद गरेर गोदामहरूमा राखेका छन् । खरिपाटी र हेटौँडाको गोदाममा कति सामान छ ? ती सामान कहिले खरिद गरियो ? कहाँबाट माग आएर खरिद गरियो ? त्यहाँ खरिद गरेकोमा सामान कहाँ प्रयोग भयो र अहिले कति बाँकी छ ? पहिला नै सामान खरिद गर्नुको औचित्य पुष्टि हुन्छ वा हुँदैन भन्ने विषयमा छानबिन हुने हो भने कुलमानको नाटक चाँडै सकिन्छ । तर, अहिले कसैले पनि उनको बारेमा प्रश्न गर्न सकेका छैनन् । अर्बौँका कमिसन लिएर करोडौँ बाँडेर कुलमानले प्राधिकरणभित्र लूटतन्त्र मच्चाए पनि छानबिन गर्नुपर्ने निकाय मौन छ । यतिसम्म कि उनको बारेमा डेढ दर्जन बढी उजुरी प्रमाणसहित अख्तियारमा पर्दासमेत अख्तियार मौन छ । कुलमानले आफ्नो शक्तिको दुरुपयोग गरेर खरिद आफू मातहत गरे पनि त्यसको बारेमा कतैबाट प्रश्न सोध्ने काम समेत भएको छैन । यतिसम्म कि संसद्को सार्वजनिक लेखा समितिले खरिपाटीमा गएर प्राधिकरणले थन्क्याएर राखेको सामान पनि हेर्न सकेको छैन । आवश्यक नभएको बेलापछिका लागि सामान खरिद गर्नु भनेको पैसाको दुरुपयोग नै हो । तर सबैतिर मौन रहनुले उनको कमिसनको रकम चारैतिर पुगेको अनुमान गरिएको छ ।
कुलमानले आफूलाई लोडसेडिङ हटाउने मुख्य योजनाकार रहेको दाबी गरे पनि नेपाल सरकारले ल्याएको कार्यक्रमअन्तर्गत लोडसेडिङ अन्त्य भएको हो । कुलमान आफू प्रबन्ध निर्देशक भएपछि ठूलो विद्युत् आयोजना शिलान्यास भएर उत्पादन नै भएको छैन । लोडसेडिङ हट्ने बेला हुनै लाग्दा प्राधिकरणको नेतृत्व लिएका कुलमानले आफूले मात्र लोडसेडिङ हटाएको भनेर सबैजसो ऊर्जामन्त्री र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीकै हुर्मत लिने काम गरिरहेका छन् । कुलमानले शक्तिको चरम दुरुपयोग गरेर पीपीएमा पनि ठूलो घोटाला गरेका छन् । उनले ६६ वटा कम्पनीसँग कानुनविपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने एक करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको भनेर एन्टी करप्सन नेटवर्कका रमेश प्रसाद खरेलले अख्तियारमा उजुरी नै गरेका छन् । चर्चामा आउनका लागि घिसिङले प्राधिकरणलाई नाफामा लगेको भनेर नक्कली विवरण बनाएका छन् । उठ्दै नउठेको रकमलाई नाफामा राखेर उनको कर तिरेर प्राधिकरणलाई थप घाटामा पारेका छन् । कुलमानले ठेक्का दिने क्रममा सबैभन्दा बढी पैसा कमाएका छन् । उनले अधिकांश ठेक्का सेटिङमा दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
yati bibek hin ra pasu tulya maxe basda rahexan yo desh ma ? afno swarth pura navaye paxi harek kura ma bakheda gareko xa. kulman le desh ujyalo banauna lyayeko saman stock rakhnu parena ? paji ho.