झापाका स्थानीय तहले अहिलेसम्म बैंक खाता सञ्चालन गर्न सकेनन्
भद्रपुर, नयाँ आर्थिकवर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् ।
गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् ।
कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले भन्नुभयो, “नीति कार्यक्रम र बजेट गाउँरनगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउने वित्तिक्कै स्थानीय तहमा जाने रकम फुकुवा हुन्छ ।”
झापा गाउँपालिका–२ का अध्यक्ष हिमाला चाम्लागाईँले पालिकाको खाता समयमै सञ्चालन नहुँदा दैनिक कार्यालय सञ्चालनमा समेत समस्या भइरहेको बताए । “विभिन्न योजनाका गत वर्षका भुक्तानी रोकिएका छन्, मृत्यु संस्कारमा दिने रकम दिन सकिएको छैन, शिक्षक कर्मचारीको तलब तथा यस वर्ष कार्यान्वयन गर्नुपर्ने योजनासमेत ढिला गरी सञ्चालन हुने निश्चित भइसकेको छ”, उनले भने ।
यसैगरी विभिन्न स्थानीय तहका कर्मचारीले बर्खाको बेला सञ्चालन हुने बोेटबिरुवा वितरण, वृक्षारोपणलगायत कार्यक्रम बैंक खाता सञ्चालन नहुँदा बजेट अभावले गर्न नसकिएको गुनासो गर्ने गरेका छन् ।
रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया