पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनको अभाव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हाल पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनको अभाव रहेको बताएकी छन् । १७औँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा हालसम्म पनि पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन नभएको बताइन् ।
कार्यक्रममा उनले छिट्टै नै पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि पहल गर्ने बताइन् । यस्तै, उनले पछिल्लो समयमा विकसित सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता पनि जनाइन् । कार्यक्रममा पूर्वमन्त्री गणेश साहले पुस्तकालय समाजको ऐना भएको बताए । त्यस्तै, रसियन हाउसका निर्देशक एन्तोन मास्लोभले नेपालमा पुस्तकालय दिवस मनाएजस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस मनाउने गरिएको जानकारी दिए । यसै दिनदेखि शैक्षिक सत्रको थालनी हुने उनको भनाइ थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले पुस्तकालयले विगतमा दिएको सेवा, वर्तमान अवस्था र भविष्यमा दिन सक्ने सेवाको आकलन गर्दै भावीपुस्ताले गर्व गर्न सक्ने पुस्तकालय निर्माणमा राज्यले काम गरिरहेको बताए ।
कार्यक्रममा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालको संयोजकत्वमा गठन भएको छनोट समितिबाट छनोट भएका पुस्तकालय अभियन्ता, पुस्तकालय तथा पुस्तकालयकर्मीलाई सम्मान समेत गरिएको थियो । यस वर्ष सम्मानित हुनेहरूमा उत्कृष्ट पुस्तकालयकर्मीमा पोखरा विश्वविद्यालयमा कार्यरत उपलाइब्रेरियन मिनकुमारी डल्लाकोटी, वर्ष पुस्तकालयसेवीमा गीता थापा गिरी, उत्कृष्ट पुस्तकालयमा पर्वतको फलेबासमा सञ्चालित मोती सामुदायिक पुस्तकालय रहेका छन् । उत्कृष्ट पुस्तकालयको रूपमा सम्मानित मोती सामुदायिक पुस्तकालयलाई रत्न पुस्तकालय, बानेश्वर, काठमाडौंले पनि नगद ५० हजार रुपैयाँ र कदरपत्रसहित महाकवि देवकोटा पुस्तकालय पुरस्कार, २०८१ प्रदान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा रसियन हाउस, कमलपोखरीमा १७औँ पुस्तकालय दिवस मनाइएको हो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया