प्राधिकरणका अध्यक्ष सिलवालले भने, बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा शुक्रबार बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीसँग आयोजित बीमासम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन्, प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको हुन्छ ।’
बीमितले आफूले लिएको बीमालेख राम्रोसँग पढ्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष सिलवालले भने, ‘बीमक, बीमित र अन्य पक्षको साझेदारीबाट नै बीमाको प्रवर्द्धन हुन्छ, प्राधिकरणले सम्बद्ध सबैको भावना समेटेर नीति निर्देशिका बनाउने गरेको छ, उद्योगीहरूको समस्या समाधान गर्न प्राधिकरण सधैं तत्पर छ ।’ अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका लागि सरकारसँग पहल भइरहेको जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बीमा गर्दा सहज हुने तर दाबी भुक्तानी पाउन कठिन हुने हुनाले त्यसलाई सरलीकरण गर्नुपर्ने र आफूले रोजेको जोखिमको मात्र बीमा गर्न पाउने व्यवस्था हुनुपर्ने बताए ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा दाबीलाई सरल तुल्याउँदै लगिएको, बीमा कम्पनीमा छिटो प्रतिवेदन प्राप्त होस् भनेर बीमा सर्भेयरलाई सङ्ख्या तोकेर काममा लगाउने व्यवस्था गरिएको र बीमादरलाई समयानुकूल बनाउन परिमार्जन गरिएको स्पष्ट गरे । निर्देशक सुवेदीले हुलदङ्गालगायतका बीमालाई स्वेच्छिक बनाउन र प्रहरी मुचुल्का तथा प्रहरी प्रतिवेदनलाई डिजिटल गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले बीमा दाबी प्रक्रियालाई सरल तुल्याउनुपर्ने, हुलदङ्गा बीमालाई अनिवार्य नगरी स्वच्छिक बनाउनुपर्ने, तेस्रो पक्ष बीमामा दायित्व रकम बढाउनुपर्ने, मोटर बीमामा ह्रास कट्टीलाई न्यून गर्नुपर्ने, प्रहरी मुचुल्का र प्रहरी प्रतिवेदनमा देखिएको समस्या समाधान गर्नुपर्नेलगायतका विचार व्यक्त गरेका थिए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्षलगायतका पदाधिकारी, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश र शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बीमा बजार, बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया