रेड्मी बड्स ५ए को माग बढ्यो
काठमाडौं । अहिले सहज र उत्कृष्ट साउन्ड प्रदान गर्ने उच्च–गुणस्तरका अडियो डिभाइसको माग बढ्दै गएको छ । पछिल्लो समयमा विभिन्न वायरलेस प्रविधिहरूले प्रयोगकर्तालाई आवश्यक अडियो अनुभव, उत्कृष्ट कनेक्टिभिटी र अन्य विशेषताहरू प्रदान गर्दै आएका छन्, यसमध्ये रेड्मी बड्स ५ए पनि उच्च माग रहेको कम्पनीले जनाएको छ ।
रेड्मी बड्स ५ एमा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) उपलब्ध रहेको छ । गुगल फास्ट पेयरले गर्दा यो इयरबड्स अरू डिभाइसहरूसँग तुरुन्तै कनेक्ट हुन्छ । यसको १२ मिलिमिटरको ब्यास प्रो ड्राइभरले गहिरो र डाइनामिक साउन्ड प्रदान गर्छ भने आइपिएक्स फोर रेटिङले पसिना र पानीका छिटाहरूबाट पनि सुरक्षा दिन्छ । कम्पनीका अनुसार रेड्मी बड्स ५ ए उच्च प्रदर्शन र प्रयोगकर्ताको सहजतालाई ध्यानमा राखी निर्माण गरिएको छ । यसको १२ मिलिमिटरको डायनामिक ड्राइभरहरूले २० हर्जदेखि २४ किलोहर्जसम्मको प्रभावशाली फ्रिक्वेन्सी प्रदान गर्छन् ।
रेड्मी बड्स ५ए इयरबड्सहरू पसिना र पानीका छिटाहरू प्रतिरोधी छन् । ब्लुटुथ ५.४ ले स्टेबल र इफिसियन्ट कनेक्टिभिटी सुनिश्चित गर्छ भने एसबीसी अडियोले हाइक्वालिटी साउन्ड प्रदान गर्छ । रेड्मी बड्स ५एको ब्याट्री लाइफ यसको अर्को विशेषता हो । ४४० एमएएच ब्याट्री चार्जिङ केससहित प्रत्येक इयरबडमा ३४ एमएएच ब्याट्रीको साथ प्रयोगकर्ताले चार्जिङ केस एक पटकको चार्जमा ३० घण्टासम्मको प्लेब्याक समय र प्रत्येक इयरबडमा पाँच घण्टा निरन्तर प्रयोग गर्न सक्नेछन् । क्विक चार्ज सुविधाले मात्र १० मिनेटको चार्जमा ९० मिनेटको प्लेब्याक प्रदान गर्छ । प्रत्येक इयरबडको तौल मात्र ३.६ ग्राम मात्र रहेको छ । रेड्मी बड्स ५ए को मूल्य दुई हजार चार सय ९९ रुपैयाँ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया