काठमाडौं । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा ‘तीज सप्ताहन्न उत्सव’ सुरु भएको छ । सो उत्सवको शनिबार नेपाली फिल्म क्षेत्रका सफल कलाकार राजेश हमालले शुभारम्भ गरेका छन् । खड्गदेवी मन्दिर परिसरमा आयोजना हुने सो उत्सवमा नेपालकै ठूलो पुरस्कार राशिको खुला ‘तीज गीत प्रतियोगिता’ सांस्कृतिक कन्सर्ट, सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रस्तुति हुनेछ । शनिबार बिहान केवलकारचोकमा भगवान् शिवको विशेष पूजा गरी केबलकार जात्रा सुरु गरिएको थियो । त्यस्तै, दिउँसो १ बजे खड्गदेवी मन्दिर पुगेर विशेष पूजा गरी उत्सवको औपचारिकरूपमा भव्य उद्घाटन गरिएको कार्यक्रम संयोजक किरण पोख्रेलले बताए ।
कार्यक्रम उल्लासयरूपमा बन्दीपुरलाई चिनाउने गरी तयार गरिएको आयोजकले दाबी गरेको छ । पहिलोपटक बन्दीपुरका सबै सङ्घसंस्थाहरू मिलेर आयोजन गरिएको यस कार्यक्रमको संरक्षण बन्दीपुर गाउँपालिका आफैँले गरेको छ । कार्यक्रमको मुख्य व्यवस्थापन बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले गरेको छ । पुरस्कारको प्रायोजन चन्द्र निर्माण सेवा प्रालि, डिजाइन स्टेसन प्रालि, केज कन्सल्टेन्ट प्रालि, बिज बजार लिमिटेडलगायत कम्पनीले गरेका छन् । बन्दीपुरका सबै सङ्घसंस्थाहरू र स्थानीयवासीहरूले आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।
यस अवसरमा सहभागीहरूलाई बन्दीपुरको केबलकारमा दोहोरो सवारीमा तीन सय ५० रुपैयाँमा चढ्ने व्यवस्था गरिएको छ । साथै, कार्यक्रमको सहयोगको लागि प्रतिटिकट २५ रुपैयाँ दिने केबलकार कम्पनीले घोषणा गरेको छ । प्रत्येक दिन साँझ सांस्कृतिक कार्यक्रम र दिव्य महाआरती हुने आयोजकले बताएको छ । कार्यक्रम २२ गतेसम्म निरन्तर सञ्चालन हुनेछ ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया