Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबोहनी अब फोनपे क्युआरबाट

बोहनी अब फोनपे क्युआरबाट


काठमाडौँ । दिनको पहिलो भुक्तानी अर्थात् बोहनी अब फोनपे क्युआरबाटै लिन सकिने भएको छ । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले देशभरका व्यवसायलाई आफ्नो पहिलो भुक्तानी (जसलाई चलनचल्तीको भाषामा बोहनी भनिन्छ)फोनपे क्युआरमार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले बोहनी फोनपे क्युआरबाटै भन्ने पहलको सुरुवात गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्र्छ । फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीले बिहानको समयमा स–साना रकमको समस्याबाट मुक्ति पाउनुको साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् ।

अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग–इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनुपर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् । फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार यस पहलको आशय भनेको हाम्रा व्यवसायीलाई डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यावसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो । ‘हामी व्यवसायीलाई पारम्परिक बोहनी नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौँ, जसबाट व्यवसायले अझ बढी सुविधा, न्यूनतम जोखिम र उच्च व्यावसायिक दक्षताको अनुभव गर्न सक्नेछन्,’ उनले भने । २० लाखभन्दा बढी ग्राहक र नेपालभर १४ लाखभन्दा बढी व्यवसायमा फोनपे क्युआर स्ट्यान्डीहरू तैनाथ भइसकेको अवस्थामा फोनपे आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानहरूको लाभ प्रदान गर्न प्रतिबद्ध छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x