नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मोबाइल बैंकिङमा नयाँ कर्जा सुविधा
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मोबाइल बैंकिङमार्फत पाँच लाखसम्मको कर्जा सुविधा पाइने भएको छ । वित्तीय समावेशीकरण र सुलभतातर्फको पहलअन्तर्गत नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्ट लोनको सुविधा सुरु गरेको छ ।
बैंकका अनुसार यो सुविधामार्फत, बैंकका योग्य ग्राहकहरूले पाँच लाख रुपैयाँसम्मको कर्जा एनआईएमबी स्र्माट एपमार्फत विनाधितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समयावधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरू समेत प्रदान गरेको छ । यसमा ग्राहकहरूले एक महिनाभित्र वा बढीमा ३६ महिनासम्मकोे सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै, आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार ग्राहकले आफ्नो एनआईएमबी स्मार्ट एपमार्फत इमेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्ट लोनमा रजिस्टर गर्न सक्नेछन् । एनआईएमबी स्मार्ट लोनको लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्डहरू पूरा गर्नुपर्छ । जस्तै, तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि । योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआईएमबी स्मार्ट एप्लाई गरी कर्जाका सबै सुविधाहरू र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई उनीहरूको आवश्यकताहरू पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्ममार्फत बैंकिङ क्षेत्रकै उच्चतम कर्जा रकमको साथ नयाँ स्वरूपमा एनआईएमबी स्मार्ट लोन अपग्रेड गरिएको सम्बन्धमा बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले जानकारी दिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया