स्थानीय सरकारलाई बेरोजगार राहत कोष स्थापनाका लागि बीउपुँजी प्रदान गर्दै कांग्रेस
सोलुखुम्बु, असार १६
नेपाली कांग्रेस सोलुखुम्बुले जिल्लाका ६ वटा स्थानीय तहलाई कोरोनापीडित बेरोजगार राहत कोष स्थापनाका लागि बीउपुँजी हस्तान्तरण गरेको छ । असार पाँच गतेबाट औपचारिक सुरुवात गरेको कार्यक्रम अहिलेसम्म ६ ओटा स्थानीय तहमा पुगिसकेको नेपाली कांगे्रस सोलखुम्बुका पूर्वसभापति आङगेलु शेर्पाले जानकारी दिए ।
उनका अनुसार नेचासल्यान, थुलुङ दूधकोशी, सोताङ, महाकुलुङ, माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकालाई बीउपुँजी स्वरूप ५०/५० हजार रूपैँया हस्तान्तरण गरिएको छ । सबै स्थानीय तहमा गरी तीन लाख रकम हस्तान्तरण गरिएको शेर्पाको भनाइ छ । स्थानीय सरकारलाई सहयोग स्वरूप रकम हस्तान्तरण गरेको कांग्रेसले जनाएको छ । जिल्लाका ८ ओटा स्थानीय तहमध्ये बांँकी २ ओटा स्थानीय तहलाई पनि छिटै रकम हस्तान्तरण गरिने पूर्वसभापति शेर्पाले बताए ।
कोरोनाबाट विश्व नै आक्रान्त भएको अवस्थामा कोरोनाविरुद्धको जीतका लागि सहकार्य र एकताको आवश्यक्ता रहेको कांग्रेस नेता सूर्य कुलुङले बताए । विपत्मा सबै एक भएर अघि बढ्नुपर्ने भएकाले आफूहरूले कोष स्थापनको सुरुवात गरिएको कुलुङको भनाइ छ । यो रकम कोरोनापीडित बेरोजगार राहत कोष स्थापनाका लागि कांग्रेसले गरेको प्रयासलाई सबैले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । हरेक स्थानीय तहमा कम्तीमा ५० लाखको कोष स्थापना गरेर कोरोनापीडित र बेरोजगार समस्या समाधानमा काम गर्नेगरी कांग्रेसले अवधारणा ल्याएको नेता आङगेलु शेर्पाको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया