वर्ष बिते पनि तयार भएन गौरीशंकरको प्रशासनिक भवन
दोलखा । गत आर्थिक वर्षमा नै निर्माण सक्नेगरी सुरु गरिएको गौरीशंकर गाउँपालिकाको प्रशासनिक भवनले अझै पूर्णता पाउन सकेको छैन । भवन निर्माण गर्न संघीय सरकारको स्थानीय पुर्वाधार विकासअन्तर्गत ६० प्रतिशत तथा गाउँपालिकाको ४० प्रतिशत अनुदानमा सुरु गरिएको थियो ।
गत अर्थिक वर्षमा नै काम सक्नेगरी ठेक्का सम्झौता भएपनि हालसम्म काम नसकिएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए । उनका अनुसार दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्कासम्झौता गरिए पनि तीन वर्ष बितिसकेको छ । हाल भवनमा आवश्यक फिनिसिङ तथा कारर्पेटिङ विस्तारको काम भइरहेको छ । असोज दोस्रो साताभित्र अस्थायी कार्यालय छोडेर कार्यालयले नवनिर्मित आरसीसी भवनबाट सेवा सुरु गर्ने तयारी गरेको अध्यक्ष कार्कीले बताए । गत आर्थिक वर्षमै पक्की भवन सर्ने भनिए पनि केन्द्र सरकारले स्थानीय पूर्वाधार विकासमार्फतको ६० प्रतिशत रकम भुक्तानी दिन ढिलाइ गर्दा गाउँपालिकाले भवन निर्माण कार्य रोकिएको उनले बताए ।
ढिलोगरी उक्त रकम आएसँगै आउँदो असोजभित्रै कार्यालयका कामकाज तथा सेवा नवनिर्मित पक्की भवनबाट दिनेगरी तयारी थालिएको गाउँपालिकाका इन्जिनियर सुवोध कुमार चापागाईंले बताए । गत जेठमै उक्त भवनमा सर्ने भनिए पनि केही प्राविधिक समस्या र निर्माण कम्पनीलाई सम्झौताअनुसारको भुक्तानी दिन नसक्दा पक्की भवनबाट सेवा प्रवाह गर्न ढिलाइ भएको चापागाईंले जानकारी दिए । उनका अनुसार भवनको रंगरोगन, बिजुलीको लाइन विस्तार, फर्निचर, ट्वाइलेटलगायतको फिनिसिङको काम सकिएर अहिले कोठामा कार्पेटिङको काम भइरहेको छ । गाउँपालिकाले तीनतलाको भवन निर्माण गर्न प्याकेज/प्याकेजमा गरी तीन चरणमा दुई करोड ५८ लाखमा ठेक्का लगाएको थियो । उक्त भवनमा बैठक हलसहित पालिकाका सम्पूर्ण शाखाका कामकाज सञ्चालन गरिने छ ।
यस्तै, गाउँपालिकाले निर्माण हुन बाँकी रहेका दुईवटा वडाको भवन निर्माण गर्न पनि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको जनाएको छ । पालिकाले वडा नम्बर–२ र ९ को वडा कार्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरेको हो । पालिकाले यस वर्ष पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानी र रोजगार क्षेत्रलाई प्राथमिकतामा राखेर दुई सय १६ वटा योजना तथा कार्यक्रममा बजेट विनियोजन गरेको छ ।
क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया