Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलघुवित्तमा आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाका चार संघद्वारा खेद प्रकट

लघुवित्तमा आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाका चार संघद्वारा खेद प्रकट


काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चारवटा छाता संगठनहरूले केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध गरिएको अनर्गल प्रचारविरुद्ध खेद प्रकट गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाध सेवा प्रवाह गराउने वातावरण निर्माण गर्न माग गरेका हुन् ।

सोमबार सार्वजनिक भएको विज्ञप्तिमा केही संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पु¥याउनेजस्ता अराजक क्रियाकलाप गर्दै आएको उल्लेख छ ।

विभिन्न लघुवित्त संस्थाका शाखामा तोडफोड, लुटपाट, आगजनीलगायतका निन्दनीय कार्यहरू भएको विज्ञप्तिमा उल्लेख छ । संघहरूका अनुसार विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका नौ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्नेजस्ता अराजक गतिविधिहरू अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पु¥याउनेजस्ता क्रियाकलाप भएका छन् । यसबाट लघुवित्त क्षेत्रमा ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको तर्फ संघहरूले चिन्ता व्यक्त गरेका छन् ।

अराजक गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न तथा अत्यावश्यक सेवाअन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहजरूपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासनलगायत सम्बन्धित सबै निकायहरूबाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिको लागि संघहरूले अनुरोध गरेका छन् ।

साथै, बैंक तथा वित्तीय संस्थामा आबद्ध कर्मचारीहरू विचलित नभई निरन्तर आफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ–आफ्नो कार्यमा लागि पर्न पनि संघहरूले अनुरोध गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x