Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभाइभ हेडफोनमा प्रि–लञ्च अफर

भाइभ हेडफोनमा प्रि–लञ्च अफर


काठमाडौं । रक ब्रान्डले आफ्नो नवीनतम प्रोडक्ट भाइभ हेडफोन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले सोही अवसरमा प्रि–लञ्च अफर समेत सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र बेजोड क्षमतासहितको भाइभ हेडफोन पहिलो पटक नेपालमा मंगलबार प्रि–लञ्च हुन लागेको हो ।

यस अवसरमा पाँच हजार पाँच सय रुपैयाँ पर्ने हेडफोनलाई मात्र एक हजार पाँच सय रुपैयाँमा उपलब्ध गराउने विशेष अफर राखिएको कम्पनीले जनाएको छ । यो अफर दराजमा मात्रै लागू हुनेछ । प्रि–लञ्चको दिनमा पहिलो एक सय जना भाग्यशाली ग्राहकहरूले सो अफरको फाइदा उठाउन सक्नेछन् । यस्तै, बुधबार यसको औपचारिकरूपमा लञ्च गरिनेछ । सो दिन पनि हेडफोन खरिद पर्ने पहिलो एक सय जनाले तीन हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । यस हेडफोनमा सक्रिय आवाज रद्द फिचर, १० मिटर ट्रान्समिसन रेन्जको व्लुतुथ भर्सन पाँच दशमलव तीन, फोल्डएबल डिजाइन रहेको छ । साथै, चार सय एमएएच क्षमता भएको ब्याट्रीले यसमा ३० घण्टासम्म चार्ज टिक्नेछ ।

सार्वजनिकपश्चात यो हेडफोन ओलिज् स्टोर, दराज र रक टेक सपको वेबसाइटमा सजिलै उपलब्ध हुनेछ । साथै, कम्पनीले बुधबार नै थ्रिए टाइप सी टु टाइप सी, थ्रिए टाइप सी टु लाइटिङ र फाइभ ए टाइप सी टु टाइप सी केवलहरू पनि लन्च गर्ने जनाएको छ । आगामी दिनमा कम्पनीले पावर बैक, स्मार्ट वाच, एयरवड्स, स्पिकर र चार्जरजस्ता अत्याधुनिक प्रोडक्टहरू क्रमिकरूपमा नेपाली बजारमा प्रस्तुत गर्ने योजना बनाएको छ । रक ब्रान्डको यात्रा चारजना विशेषज्ञहरूको विचारशील नेतृत्वमा अघि बढिरहेको छ । सुवास न्यौपाने, रामराज खनाल, गोपाल निरौला र प्रदिप पौडेलले २०२४ मा रक टेक सप स्थापना गरेका हुन् । यसले नेपाली बजारमा नवीनतम प्रविधि र गुणस्तरीय उत्पादनहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x