भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ
कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
यस वर्षको सुरुमा युवाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको युगान्डा स्वतन्त्रता अभियन्ता भनेर चिनिने नागरिक समाजका सदस्य महिलाहरूलाई संसद्तर्फ जाने क्रममा पक्राउ गरी हिरासतमा लिइएको थियो ।
ती महिलाहरूले महिला र बालबालिकाको भविष्य बचाऔँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने नारा लगाएका थिए । ‘युगान्डा गरिब होइन, ‘तिनीहरू’ले हाम्रो सम्पत्ति चोरिरहेका छन्,’ एउटा प्लेकार्डमा लेखिएको थियो ।
एक वकिल इरोन किइजाले एएफपीलाई भने, ‘त्यहाँ तीन जना युवती भ्रष्टाचारको विरोध गरिरहेका थिए र उनीहरूलाई पक्राउ गरी अहिले कम्पाला सेन्ट्रल प्रहरी स्टेसनमा हिरासतमा राखिएको छ ।’
‘उनीहरुलाई के अभियोग लगाइएको हो भन्ने खुल्न सकेको छैन,’ उनले भने युगान्डामा भ्रष्टाचार एक प्रमुख मुद्दा हो । अधिकारीहरू सार्वजनिक धेरै ठूला घोटालाहरूमा समावेश रहेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकांकमा युगान्डा एक सय ८० देशमध्ये १४१औँ स्थानमा छ ।
यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिका र बेलायतले कथित भ्रष्टाचारको आरोपमा यहाँको संसद्का सभामुख अनिता अमोङ र दुई पूर्वमन्त्रीसहित युगान्डाका धेरै अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया