क्यानडाका प्रधानमन्त्रीलाई स्टिल मजदुरले हप्काए
क्यानडा । क्यानडामा स्टिल मजदुरसँग कुरा गर्न पुगेका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई मजदुरले हप्काएका छन् । प्रधानमन्त्री ट्रुडो शुक्रबार स्टिल कारखानामा पुगेर कर्मचारीसँग फोटो खिचिरहेका थिए । त्यसपछि एक कर्मचारीले देशको मुद्रास्फीति र चर्को करको विषय उठाएर उनको आलोचना गरे । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा ट्रुडोले चीनमा हामीले ल्याएका २५ प्रतिशत ट्यारिफले तपाईलाई सहयोग गर्नेछ भनेर मजदुरको काम सुरक्षित रहने बताइरहेका छन् । उनले भनेका छन, ‘तपाईँको काम सुरक्षित रहनेछ । म तपाईं र तपाईँको काममा लगानी गर्न जाँदैछु ।’
उनको त्यो कुरा सुनेर त्यहाँ उभिएकाक अर्का एक जना स्टिलवर्कर रिसाए र सोधे ‘अनि मैले तिरेको ४० प्रतिशत करको के हुन्छ ? र मसँग डाक्टर पनि छैन’ उनले भने । उनले आफुले दाँतको बीमा गरेको, बीमा प्रिमियम तिरिरहेको तर पाउनुपर्ने सेवा नपाएको गुनासो गरे ।
आफ्नो जागिर पूर्णकालिक भए पनि श्रीमती र छोराछोरीलाई पालनपोषण गर्न संघर्ष गरिरहेको ती कर्मचारीले बताए । मजदुरहरुले फेरि चुनाव उठ्ने हो भने ट्रुडोलाई प्रधानमन्त्री बनेको हेर्न नचाहेको बताए ।
जवाफमा ट्रुडोले भने, ‘यसैले चुनाव हुन्छ । सबैले भोट दिनुहुनेछ भन्ने आशा राखेको छु । हामी तपाईँ र तपाईँको काममा लगानी गर्नेछौँ । जवाफमा कर्मचारीले भने, ‘तपाईँले भनेको कुरा एक सेकेन्ड पनि पत्याउँदिनँ ।’
क्यानडा सरकारले चिनियाँ स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । भिडियोमा ट्रुडोले यही कुरा गरिरहेका थिए । क्यानडाले चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा शतप्रतिशत शुल्क लगाएको छ । क्यानडाको यो कदम अमेरिकाले कर लगाएपछि उठाएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया