Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोल्यानले गोदावरी इन्टरनेसनलको जग्गा खान खोजेपछि प्रसाईँका समर्थकद्वारा कब्जा

गोल्यानले गोदावरी इन्टरनेसनलको जग्गा खान खोजेपछि प्रसाईँका समर्थकद्वारा कब्जा


काठमाडौं । आफूलाई सफल उद्यमी, व्यवसायी र समाजसेवी भनेर भ्रम छर्दै सर्वसाधारणको करोडौँ रुपैयाँबराबरको सम्पत्ति हडप्न खोजेको भन्दै दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले बैंकर समेत रहेका पवन गोल्यानलाई त्यस्तो कार्य नगर्न चेतावनी दिएका छन् । बैंकसँगको सेटिङमा गोल्यानले शारदा थापा सिंह र महेन्द्र सिंहको नाममा दर्ता कायम रहेको गोदावरी इन्टरनेसनल लिमिटेड ललितपुरको गोदावरीमा रहेको करोडौँ रुपैैयाँबराबरको सम्पत्ति हडप्न खोजेपछि नागरिक बचाउ अभियानका प्रतिनिधिहरू राष्ट्रिय झण्डा गाडेर उक्त सम्पत्ति कब्जा गर्दै यस्तो चेतावनी दिएका हुन् ।

थापा परिवारले सानिमा बैंकले ऋण चुक्ता गर्न निरन्तर दिएको दबाब र धरकपडबाट आजित भएपछि गोदावरी इन्टेरनेसनल लिमिटेडको नाउँमा ललितपुरको गोदावरीमा रहेको ६० आनामा बनेको बंगला सहितको जग्गा १९ करोड रुपैयाँमा बिक्री गरेका थिए । तर उक्त जग्गा खरिदको लागि गोल्यानले पहिला नै बैकसँग सेटिङ मिलाएका रहेछन्, गोदावरी इन्टरनेशनलका सञ्चालक महेन्द्रसिंहले बताए । ‘१९ करोडको बिक्री गरिएको उक्त सम्पत्ति बैंकलाई तिर्न बुझाउन बाँकी १४ करोड रुपैयाँ मात्र तिरेर बाँकी पाँच करोड रुपैंयाँ पछि दिने भन्दै गोल्यानले बैंकसँग सेटिङ गरेका रहेका छन्’, उनी भन्छन, ‘पछि जग्गा बिक्री गरियो तर बाँकी रहेको पाँच करोड रुपैयाँ लिन अहिलेसम्म पनि सकेको छैन ।’ उनले लतिका गोल्यान समेतले सम्पत्ति खाली गर्न गुण्डागर्दीको शैलीमा निरन्तर डर धम्की दिंदै आएको बताएका छन् । ‘हामीलाई बिक्री गरिसकेको सम्पत्ति दिन कुनै अप्ठेरो छैन, हामी दिन्छौं, तर हामीलाई बाँकी रहेको पाँच करोड रुपैयाँ त दिनु प¥यो’, महेन्द्रले भने, ‘बाँकी रकम नदिने अनि स्थानीय टोले गुण्डा, उच्च राजनीतिक संयन्त्र, प्रशासन समेतबाट डर धम्की देखाएर सम्पत्ति मात्र हडपेर हामीलाई लखेट्न खोजियो, मेरो ७० वर्षको आमालाई गोल्यान परिवार कै निर्देशनमा सम्पत्ति छाड्न, गालीगलौज गर्दै डर धम्की दिइन्छ, यो अवस्थामा नागरिक बचाउ अभियानले हाम्रो सम्पत्ति कव्जा गरेर, पवन गोल्यानलाई जनताको सम्पत्ति कौडीको भाउमा नहड्प्न चेतावनी दिएको हुन सक्छ ।’

घटना के थियो ? गोल्यान समुहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएको लेकाली कर्पले गोदावरी इन्टरनेशनल लिमिटेडको नाउँमा ललितपुरको गोदावरीमा रहेको ६० आना जग्गामा बनेको घर बंगला र उद्योग कम्पाउण्ड सहितको सम्पत्ति १९ करोड रुपैंयाँमा खरिद गर्ने प्रस्ताव गरेको थियो ।

सोही प्रस्ताव अनुसार लेकाली कर्पले गोदावरी इन्टरनेशनलको नाउँमा सानिमा बैकमा रहेको १४ करोड ३० लाख ऋण चुक्ता गरिदिने र बाँकी रकम केही महिनाभित्रमा किस्तावन्दीमा दिने सहमती भयो । सहमती अनुसार लेकाली कर्पले सानिमा बैंकको ऋण चुक्ता गरिदियो । बाँकि दिनुपर्ने रकम भने दिएन । बिभिन्न बहाना बनाएर रकम नदिन मिती सार्दे गयो र तर रकम दिएन । उल्टै गोदावरी इन्टरनेशनलको नाउँमा रहेको जग्गा लेकाली कर्पले खरिद गरेको भन्दै घर खाली गरिदिन स्थानीय प्रशासन, टोले गुण्डा, राजनीतिक नेतृत्वको प्रयोग गरियो । डर त्रास र धम्की दिएर घर खाली गराउन निरन्तर दवाव दिइयो । त्यही दवाब खप्न नसकेर मानसिकरुपमा बिक्षिप्त भई महेन्द्रकी श्रीमतीले ललितपुरको कुपण्डोलमा नै रहेको आफ्नो व्यवसायको सटर नै बन्द गरी आफ्नो १० बर्षिय छोरीलार्ई समेत लिएर आफु र आफ्नो छोरीको जिउधनको सुरक्षाको लागि भन्दै दिल्ली गइन । अहिले पनि बाँकी रकम दिनु त परको कुरा निरन्तर घर खाली गराउन दिन दिनै फरक फरक गुण्डाहरू प्रयोग गरी धम्की दिदैं आएका छन् ।

‘आफुले बिक्री गरेको सम्पत्ति दिने हो, तर बिक्री गरेवापतको रकम त पाउनु पर्यो नि । हामीले पाउनु पर्ने चार करोड रुपैंयाँ पाउनु पर्यो । हामी घर खाली गरिदिन्छौं’ महेन्द्रले भने । सम्झौता अनुसारको बाँकी रकम नदिन कै लागि गोल्यानले यो जालझेल र डर धम्की दिएको उनको भनाइ छ । ‘यसको बिरुद्ध म कानुनी उपचारमा गइसकेको छु, मलाई घर खाली गर्न समस्या होइन । सम्झौता अनुसारको रकम भुक्तानी दिनु पर्यो, हामी घर खाली गरिदिन्छौं’, महेन्द्रले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x