Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफको एपबाट स्वास्थ्य अवस्था बुझ्न सकिने

मेटलाइफको एपबाट स्वास्थ्य अवस्था बुझ्न सकिने


काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वान बाई मेटलाइफ एपमार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क एसेसमेन्ट) सुविधा सुरु गरेको घोषणा गरेको छ । यो अफर सेप्टेम्बर २०२४ को अन्त्यसम्म उपलब्ध छ, जसले एपमा दर्ता गर्ने जो कोहीले आफ्नो स्मार्टफोन क्यामेराको प्रयोगबाट ५० सेकेन्डमा आफ्नो स्वास्थ्य जाँच गर्न दिन्छ ।

यो आकर्षक सुविधा सरल र प्रयोग गर्न सजिलो छ । फोनको क्यामेरा प्रयोग गरेर एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरुन्तै मुख्य स्वास्थ्य मेट्रिक्सजस्तै मुटुको दर, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजनस्तर र तनावस्तरहरू प्रदान गर्छ । सम्पूर्ण प्रक्रियाले एक मिनेटभन्दा कम समय लिन्छ र सही नतिजाहरूको साथ प्रयोगकर्ताको स्वास्थ्यका महत्वपूर्ण सूचकहरूको ट्र्याक राख्नका लागि एक सुविधाजनक तरिका प्रदान गर्छ ।

यो सेवा पहुँच गर्नका लागि प्रयोगकर्ताले केवल वान बाई मेटलाइफ एप डाउनलोड गरेर दर्ता गर्नुपर्छ । दर्ता गरेपछि प्रयोगकर्ताहरूले लगइन गर्न सक्छन् र निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा या त होम ड्यासबोर्डबाट वा एपमा उपलब्ध ३६० हेल्थ आइकनबाट छनौट गरेर प्रयास गर्न सक्छन् ।

मेटलाइफ नेपालको यस पहलले मानिसहरूको व्यस्त तालिकाको बाबजुद स्वास्थ्य मापनलाई सबैका लागि पहुँचयोग्य र सजिलो बनाउँछ । यो सेवा निःशुल्क उपलब्ध गराएर कम्पनीले प्रयोगकर्ताहरूलाई आफ्नो फोनमा केही ट्र्यापहरूमार्फत आफ्नो फिटनेसको अपडेट लिन मद्दत गरिरहेको छ । यो सीमित समयको अफर हो भनी मेटलाइफ नेपालले सबैलाई यो नवीन स्वास्थ्य उपकरणको अधिकतम उपयोग गर्न र लाभ लिन प्रोत्साहित गर्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x