सानिमा बैंक प्रवर्द्धक रहेको तीन म्युचुअल फन्डको लाभांश घोषणा
काठमाडौं । सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेका सानिमा म्युचुअल फन्डद्वारा सञ्चालित तीन वटा योजनाको लाभांश घोषणा भएको छ । कम्पनीको यही भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । जसअन्तर्गत सानिमा इक्विटी फन्डले १५ प्रतिशतका दरले १९ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकका अनुसार सानिमा इक्विटी फन्ड बन्दमुखी योजना हो र यसको आकार एक अर्ब ३० करोड रुपैयाँ बराबरको रहेको छ ।
यसैगरी सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरणको घोषणा गरेको छ । यो योजनाको आकार एक अर्ब २० करोड रुपैयाँको रहेको छ । सानिमा ग्रोथ फन्डले पनि १० प्रतिशतका दरले छ करोड ७२ लाख ५३ हजार दुई सय ६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो योजनाको आकार ६७ करोड २५ लाख ३२ हजार छ सय रुपैयाँ बराबरको रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया