हिमालयन लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १० लाख रुपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– ४, थकालिचोकस्थित थकालीचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको हो ।
संस्थाले मङ्गलबार मृतककै घरमा एक कार्यक्रमको आयोजना गरी संस्थाको एक जना सदस्य केन्द्र नं ६७ समूह न २ मा आबद्ध ज्ञानमति थारुको चट्याङको मृत्यु भएपश्चात् पाउनुपर्ने १० लाख २५ हजार रूपैयाँ बराबरको बीमा रकम उनको श्रीमान् अमिरिका थारुलाई एक लाख ७१ हजार सात सय ८८ रुपैयाँ कट्टा गरी आठ लाख ५३ हजार दुई सय १२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । सो बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका–१ का वडा अध्यक्ष प्रदीप कुमार चौधरीले हस्तान्तरण गरेका छन् ।
बीमा रकम हस्तान्तरण कार्यक्रममा उक्त गाउँका करिब २० जना सदस्य, वडाध्यक्ष साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी, बिजय चौधरी थारु र वीरेन्द्र यादवको उपस्थिति रहेको थियोे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया