कुमारी बैंकले क्युआर कारोबारको धितोमा कर्जा दिने
काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशीलता प्रवद्र्र्धनका लागि ‘देशैभर वर्षैभर’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ ।
यस योजनाअन्तर्गत उद्यमीहरूले आफ्नो नजिक रहेको कुमारी बैंकको शाखामा व्यवसायको खाता खोली क्युआरमार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारलगातार चार हप्ता भई मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार बैंक खातामा हुँदा उद्यमीले दुई लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितोविना नै कुमारी बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी सहजै लिन सक्नेछन् । यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एपमार्फत नै गर्न सकिने भएकाले व्यवसायीहरू कर्जा लिन तथा तिर्नका लागि बैंक जानुपर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने तथा उनीहरूको उद्यशीलता प्रवद्र्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १४ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया