ड्राइभर पार्टनर्सका लागि इन्ड्राइभको विशेष घोषणा
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिसिएटिभ घोषणा गरेको छ । यो इनिसिएटिभ इन्ड्राइभका ड्राइभर पार्टनर्सहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गर्नेमा केन्द्रित रहेको छ ।
इन्ड्राइभले आफ्ना ड्राइभर पार्टनर्सहरू र उनीहरूका छोराछोरीहरूलाई जुत्ता र टि–सर्टलगायतका विशेष मर्चेन्डाइज वितरण गरेको छ । मर्चेन्डाइज उपहारको अतिरिक्त बालबालिकाहरूका लागि एउटा ट्रेनिङ सेसनको पनि आयोजना गरेको थियो । यो सेसन युवा मस्तिष्कलाई इन्साइट र दक्षता प्रदान गरेर सशक्तीकरण र प्रेरित गर्न डिजाइन गरिएको हो । यो ट्रेनिङले उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा फाइदा पुर्याउने बताइएको छ । इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूका लागि उपहारको पनि आयोजना गरिरहेको जनाएको छ ।
यस अन्तर्गत योरपेस तालिममा भाग लिइरहेका ड्राइभर पार्टनर्सका बालबालिकाहरूले ट्याब्लेट जित्ने मौका पाउनेछन् । यसका साथै इनड्राइभ ड्राइभर पार्टनर्सहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुई वटा विद्युतीय सवारी (ईभी) उपहार दिइनेछ । इनड्राइभको हेड अफ स्पोर्टस् अन्ना फेडोरचुकले इन्ड्राइभको सफलता भनेको चालक समुदायको शक्ति र प्रतिबद्धतामा आधारित रहेको बताइन् । यो इनिसिएटिभ ड्राइभर पार्टनर्सहरूलाई मात्र नभई उनीहरूका परिवारको संलग्नताका लागि पनि केन्द्रित रहेको र यसले इन्ड्राइभ परिवारमा खुसी र सकारात्मक प्रभाव ल्याउने अपेक्षा गरेको बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया