पोखरा महानगर र जापानको होकुतो सहरबीच मित्रता
पोखरा । पोखरा महानगरपालिका र जापानको होकुतो सहरबीच पर्वतीय नगर मित्रता कायम भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चरस्थित होकुतो नगर प्रमुख एइजी उएमुराले सोसम्बन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
पोखरा महानगर प्रमुख आचार्यले दुवै नगरबीच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको बताए । सम्झौताअनुसार दुवै सहरका नागरिक एकअर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अघि बढाउन प्रतिबद्ध रहने छन् । पोखराको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो । हालसम्म विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको प्रमुख आचार्यले बताए । ‘पछिल्लो पटक १५औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ’, उनले भने, ‘यसले पोखराजस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासको आदानप्रदानमा महत्वपूर्ण योगदान पुग्नेछ ।’
प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको सङ्गम पोखरा र होकुतोबीच कायम गरिएको मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । होकुतो नगरका नगर प्रमुख उएमुराले अन्तर्राष्ट्रिय मैत्रीभावद्वारा प्रेरित भई दुवै सहरका नागरिकबीच मैत्रीपूर्ण भावनाको विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्यसहित द्विपक्षीय सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदान प्रदानलाई महत्वका साथ अघि बढाउन समझदारी भएको बताए । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा र होकुतो नगरका बीचमा अनुभव आदानप्रदान र नयाँ सिकाइका लागि यो सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले पर्वतीय पर्यटनको प्रवर्द्धन नयाँ उचाइमा पुग्ने धारणा राखे । पोखराले विदेशका १३ र देशभित्रमा दुई नगरसँग मितेरी सम्बन्ध कायम गरेको छ ।
क्याटेगोरी : गण्डकी प्रदेश, नगरपालिका
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया