कार्दाशियनले बेचिन् कस्मेटिक ब्रान्डको २० करोडको सेयर
अमेरिका, असार १६
रियालिटी टिभी स्टार तथा समाजसेवी मोडल किम कार्दाशियन वेस्टले आफ्नो कस्मेटिक व्यवसाय २० करोड अमेरिकी डलरमा फ्रेन्च सौन्दर्य कम्पनी कोटीलाई बिक्री गरेकी छिन् । यो बिक्रीले आफूलाई विश्वसामु पुग्न सहज हुने उनको भनाइ छ । कार्दाशियन चर्चित सेलिब्रिटी हुन् । उनका फलोअर सामाजिक सञ्जालमा ३० करोड भन्दा धेरै छन् । गत जनवरीमा कोटीले कार्दाशियनकी बहिनी कायली जेनरको ६० करोड डलरको सेयर खरिद गरेको थियो ।
जेनरजस्तै कार्दाशियनले पनि २००० को दशकको अन्त्यतिर रियालिटी टिभी शो किपिङ अप विथ कार्दाशियनमार्फत विश्व चर्चा बटुलेकी थिइन् । उनले सन् २०१७ मा पहिलो कस्मेटिक रेन्ज लन्च गरेकी थिइन् । कोटीसँगको सम्झौतामा गरिएको मूल्यांकनअनुसार त्यसको मूल्यांकन १ अर्ब डलरको छ । सम्झौताअनुसार कोटीले केकेडब्लुको २० प्रतिशत र यसको छाला, कपाल र नङ सुरक्षा सामग्रीको रेखदेखको दायित्व आफूले लिएको छ । विश्वकै ठूलो सौन्दर्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण सम्झौता यसलाई मानिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया