Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअतिरिक्त करबारे छानबिन गर्न डब्लूटीओलाई चीनको आग्रह

अतिरिक्त करबारे छानबिन गर्न डब्लूटीओलाई चीनको आग्रह


बेइजिङ । चिनियाँ विद्युतीय सवारीसाधन, स्टिल र आल्मुनियमको आयातमा क्यानाडाको नयाँ प्रतिबन्धबारे प्रतिक्रिया दिँदै बेइजिङले विश्व व्यापार संगठन (डब्लूटीओ)मा गरिएको कानुनी प्रतिबद्धताको पालना गर्न ओटावालाई आग्रह गरिएको चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत महिना चिनियाँ विद्युतीय सवारीसाधनमा शतप्रतिशत र चिनियाँ स्टिल तथा आल्मुनियम उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

चीनले यो कदमलाई अनुचित भन्दै आलोचना गरेको छ र यसै हप्ता आयातित क्यानेडाली क्यानोला र रासायनिक उत्पादनहरूमा एन्टी–डम्पिङ अनुसन्धानको सुरूवात गरेको छ । शुक्रबार बेइजिङको वाणिज्य मन्त्रालयले ओटावाको थप करका उपायहरूको बारेमा ‘डब्ल्यूटीओमा क्यानाडाली पक्षसँग परामर्शका लागि अनुरोध गरेको’ बताएको थियो ।

‘क्यानाडाले विश्व व्यापार संगठनको नियमलाई बेवास्ता गरेको र संगठनमा आफ्नो प्रतिबद्धतालाई उल्लंघन गरेको छ’, मन्त्रालयका प्रवक्ताले एक अनलाइन विज्ञप्तिमा भनेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यो व्यापार संरक्षणवादी र एकपक्षीय कार्य हो । प्रतिबन्धले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीररूपमा क्षति पु¥याउँछ र विद्युतीय सवारीका साथै स्टिल र आल्मुनियम उत्पादनहरूको लागि विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृङ्खलामा बाधा पुर्याउँछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चीनले यसको पूर्ण विरोध गरेको छ । हामी क्यानाडालाई विश्व व्यापार संगठनका नियमहरू पालना गर्न र यसको गलत अभ्यासहरू तत्काल सच्याउन आग्रह गर्दछौंं  ।’

चिनियाँ विद्युतीय र केही हाइब्रिड प्यासेन्जर कार, ट्रक, बस र डेलिभरी भ्यानमा ओटावाले लगाएको अतिरिक्त कर अक्टोबर १ देखि लागू हुनेछ र ६.१ प्रतिशतको विद्यमान आयात शुल्कको शीर्षकमा सङ्कलन गरिनेछ । यसको स्टिल र आल्मुनियममा अतिरिक्त कर अक्टोबर १५ देखि लागू हुनेछ


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x