Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रमम्यानपावरमाथि लचिलो बन्दै श्रममन्त्री भण्डारी

म्यानपावरमाथि लचिलो बन्दै श्रममन्त्री भण्डारी


काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एक सय जनाभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था (म्यानपावर) नवीकरण गरिदिन निर्देशन दिएका छन् । मन्त्री भण्डारीको निर्देशनसँगै वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्दै एक सय जनाभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था नवीकरण गर्नका लागि आग्रह गरेको छ ।विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार नेपाल सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश, नेपाल राजपत्र खण्ड ७४, काठमाडौं, साउन ३१ गते २०८१ साल (अतिरिक्ताङ्क २३) मा प्रकाशित गरेकोले नवीकरण गर्न इच्छुक इजाजतपत्रप्राप्त संस्थाहरूले नियमानुसारको नवीकरण दस्तुर तथा विलम्ब दस्तुर समेत तिरी रीतपूर्वकको आवेदन पेस गरेमा नवीकरण गरिनेछ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड घ (२) अनुसार न्यूनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारमा पठाउन नसकेका इजाजतपत्रप्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१÷०८२ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी नेपाल सरकारले निर्णय गरेको थियो । साथै यस सूचनाभन्दा अगाडि नै आवेदन गरिसकेकाको म्यानपवारको हकमा पुनः आवेदन पेस गर्नु नपर्ने विभागले जनाएको छ । म्यानपावरले पेस गरेको आवेदनउपर सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाको अनुगमनपश्चात् मात्र नवीकरण प्रक्रिया अगाडि बढाइने तयारी विभागको रहेको छ । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले २०७५ सालमा मेनपावर कम्पनी नवीकरणका लागि वार्षिक सय जना कामदार पठाउनुपर्ने व्यवस्था गरेका थिए । मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि उक्त व्यवस्था ल्याए पनि मेनपवार व्यवसायीको कारण उक्त व्यवस्था संशोधन हुनेगरेको छ ।


क्याटेगोरी : समाचार, श्रम
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x