Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज नेपालद्वारा नौ दशमलव नौ वार्षिकोत्सव अभियानको घोषणा

दराज नेपालद्वारा नौ दशमलव नौ वार्षिकोत्सव अभियानको घोषणा


काठमाडौं । अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालले नौ दशमलव नौ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र एक करोड बराबरको भौचर सुविधा प्राप्त गर्न सक्नेछन् ।

सोमबारदेखि बुधबारसम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस नौ दशमलव नौ वार्षिक उत्सव अभियानमा खरिदकर्ताहरूले न्यूनतम मूल्य चार सय ९९ रुपैयाँ बराबरका उत्पादनको खरिद गर्दा छानिएका बिक्रेतामार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्रि डेलिभरी’ भौचरहरू सङ्कलन गर्न सक्नेछन् ।

साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधिभर दैनिकरूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिमलगायत साझेदार ब्रान्डमार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् । त्यसैगरी, दराज एपमा दैनिकरूपमा अपडेट हुने फ्ल्यास सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनको खरिद गर्दा थप बचत गर्ने अवसर सदाझैँ कायम रहने पनि कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नौ दशमलव वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसँग मात्र सम्बन्धित नभई आफ्ना उपभोक्ता तथा विक्रेताहरू समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x