बीमा समितिद्वारा बीमा शुुल्क बुझाउने समयसीमा असार २२ गतेसम्म थप
काठमाडौं, असार १७
बीमा समितिले बीमा शुल्क बुझाउने समयसीमा असार २२ गतेसम्म थप गरेको छ । समितिले सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै बीमा शुल्क बुुझाउन समयसीमा थप गरेको जानकारी दिएको हो । समितिका अनुसार यसअघि जीवन बीमा कम्पनीहरुको हकमा बीमा शुल्क बुझाउन समयसीमा असार १५ गतेसम्म तोकिएको थियो ।
उक्त अवधिसम्म बीमितहरुले प्रिमियम तिरे कुुनै पनि किसिमको ब्याज नलाग्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको थियो । तर पछिल्लो परिपत्रअनुुसार बीमा समितिले प्रिमियम तिर्ने समय असार २२ गतेसम्म थप गर्दै उक्त अवधिसम्ममा प्रिमियम तिर्दा कुनै पनि किसिमको ब्याज लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको हो र हाल उक्त लकडाउनलाई केही खुकुलो बनाए पनि कायम नै रहेको भन्दै समितिले बीमितहरुको सुविधाको लागि उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया