भलिबल टिम काठमाडौं स्पाइकर्सको लोगो सार्वजनिक
काठमाडौं । राजधानी काठमाडौंको भलिबल टिम काठमाडौं स्पाइकर्सले आफ्नो आकर्षक लोगो सार्वजनिक गरेको छ । काठमाडौं सहरको समृद्ध संस्कृति र आफ्नो सफलताको बलियो चाहना समेट्ने चिन्हको रूपमा टिमको लोगो सार्वजनिक गरेको हो ।
एभरेस्ट वुमेन्स भलिबल लिगको फ्रन्चाइजी टीमको रूपमा रहेको काठमाडौं स्पाइकर्सले देशका महिला खेलाडीहरूलाई प्रेरणा दिने जनाइएको छ । शरद कुमार टिबरेवालाको स्वामित्वमा रहेको काठमाडौं स्पाइकर्सले खेलकुदमा नेपाली महिलाहरूको सहभागितालाई बढाउने र खेलस्तरलाई अझै माथि उठाउने लक्ष्य राखेको छ । लोगो सार्वजनिक गर्ने क्रममा काठमाडौं स्पाइकर्सकी सीईओ सुदीक्षा अधिकारीले भलिबल राष्ट्रिय खेल मात्र नभई हाम्रो एकता र बलको चिह्न रहेको बताइन् । काठमाडौंको प्रतिनिधित्व गर्दै एभरेस्ट वुमेन्स भलिबल लिगमा आफ्नो छाप छोड्न तयार रहेको उनले जानकारी दिइन् ।
सार्वजनिक गरिएको नयाँ लोगोमा काठमाडौं सहरको समृद्ध संस्कृतिलाई बुझाउने गोल्डेन, सिल्भर र कालो रंगको आकर्षक संयोजन गरिएको छ । लोगोको केन्द्रमा रहेको मन्दिरले सहरको आध्यात्मिक मूल र यसको गहिरो सांस्कृतिक विशेषतालाई प्रतिनिधित्व गर्छ । मन्दिरको छेउमा मिड–स्पाइकमा रहेकी भलिबल खेलाडीलाई चित्रण गरिएको छ । परम्परा र खेलाडीको कलाको यो मिश्रणले काठमाडौं र काठमाडौं स्पाइकर्स दुवैको भावना समेट्दै लोगोलाई टिमको वास्तविक पहिचानरूपमा उभ्याएको छ । एभरेस्ट वुमन्स भलिबल लिगमा डेब्युको तयारीमा रहेको काठमाडौं स्पाइकर्सले यस यात्रामा आफूलाई हौसला प्रदान गर्न सबै नेपालीलाई आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया