Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रिमियम जर्मन वाच ब्रान्ड नोमोस नेपाली बजारमा

प्रिमियम जर्मन वाच ब्रान्ड नोमोस नेपाली बजारमा


काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारिकरूपमा भित्रिएको छ । स्विस टाइमपिसेस नेपाल प्रालिले नोमसलाई हालै एक कार्यक्रमको आयोजना गरी लन्च गरेको हो । कम्पनीको दरबारमार्गस्थित बिक्री कक्षबाट नोमोसको बिक्री तथा बिक्रीपश्चातको सेवाको शुभारम्भ गरिएको थियो । सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाइन्डिङ र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाइनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाइनका रूपमा संसारभर ख्याति पाउन सफल भएका छन् । प्रिसाइज्ड टाइम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरूले सर्वाधिकरूपमा आफ्नो कलेक्सनमा राख्न रुचाउनेमध्येको एक ब्रान्ड हो । स्विजरल्यान्डभन्दा बाहिर रहेर वाच मेकिङमा ठूलो सफलता हासिल गर्ने थोरै ब्रान्डमध्येको नोमसलाई जर्मनी र विश्वभर नै सम्मानपूर्वक हेरिने गरिन्छ ।

स्विस टाइमपिसेस नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवालाले नोमसले आफ्नो ऐतिहासिक महत्व कायम गर्दै डिजाइनमा आधुनिकता ल्याएको बताए । यस्तै, कम्पनीले ग्रान्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाइन, फेड्रिक कन्स्ट्यान्टजस्ता प्रिमियम लक्जरी वाच ब्रान्डको बिक्री वितरण गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x