Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदहिउँ चितुवा र याकको संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल आयोजना हुने

हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल आयोजना हुने


काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिमालपारिको जिल्ला मनाङमा मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । आयोजकले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ३ देखि ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुन लागेको जानकारी दिएको हो ।

जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउन्डेसनको संयुक्त आयोजना तथा चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिको सहकार्यमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको हो । हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकाले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बाइकोस नेपालका संस्थापक डा.पारसविक्रम सिंहले जानकारी दिए । संस्थाले गतवर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङका विभिन्न तीन स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो ।

समूह सतहबाट २६ सय मिटर उचाइमा रहेको तिमाङ र ३२ सय मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटी टिम हिमालयन स्नो लिवपर्ड, स्थानीय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याकबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ । नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा फुटबल टिमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x