व्यापारले मात्र अर्थतन्त्रमा देखिएको खाडल कम नहुने चेतावनी
जेनेभा । विश्व व्यापार संगठन (डब्लूटीओ)ले सोमबार धनी र विकासोन्मुख मुलुकहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने बताएको छ । संगठनले गरिब मुलुकलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ ।
विश्वव्यापी व्यापारसम्बन्धी डब्लूटीओको सन् २०२४ को प्रतिवेदनमा संगठनले सन् १९९५ मा आफ्नो स्थापनापछि अर्थतन्त्रहरूबीचको खाडललाई कम गर्न आफूले खेलेको भूमिकालाई हेरेको छ ।
‘सम्भवतः प्रतिवेदनबाट सबैभन्दा ठूलो पाठ भनेको गरिबी कम गर्न र साझा समृद्धि बनाउन व्यापारको परिवर्तनकारी भूमिकाको पुनः पुष्टि हो’, डब्लूटीओका महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले प्रतिवेदनको प्रस्तावनामा भने, ‘यो निष्कर्ष व्यापार र डब्लूटीओजस्ता संस्थाहरू गरिबी वा गरिब मुलुकका लागि राम्रा छैनन् र यिनीहरूले अझ असमान संसारको निर्माण गरिरहेका छन् भन्ने वर्तमानमा प्रचलित धारणाविपरीत छ ।’
‘तर अर्को सबैभन्दा ठूलो पाठ भनेको व्यापार र डब्लूटीओलाई विश्वव्यापीकरणको पछिल्लो ३० वर्षमा पछि परेका अर्थतन्त्र र मानिसहरूका लागि हामी अझ धेरै राम्रोसँग काम गर्न सक्छौँ भन्ने हो’, उनले भने ।
न्यून र मध्यम आय भएका अर्थतन्त्रहरू अन्तर्राष्ट्रिय व्यापारमा कम संलग्न हुने, थोरै प्रत्यक्ष विदेशी लगानी प्राप्त गर्ने र वस्तुहरूमा अधिक निर्भर रहने प्रतिवेदनले देखाएको छ । उनीहरूले कम ‘जटिल उत्पादनहरू’ निर्यात गर्ने र ‘कम सहभागिताका साथ व्यापार गर्ने’ डब्लूटीओले बताएको छ ।
ओकोन्जा–इवेलाले भने, ‘संरक्षणवाद समावेशिताका लागि प्रभावकारी मार्ग होइन भन्ने प्रतिवेदनले देखाउँछ ।’ उनले संरक्षणवादले उत्पादन लागत बढाउन सक्ने र ‘असन्तुष्ट व्यापारिक साझेदारहरूबाट महँगो प्रतिशोध’लाई आह्वान गर्न सक्ने चेतावनी दिए ।
‘कम व्यापारले समावेशितालाई बढावा दिँदैन, न त एक्लै व्यापारबाट सहयोग प्राप्त हुनेछ’, डब्लूटीओका प्रमुख अर्थशास्त्री राल्फ ओसाले भने, ‘साँचो समावेशिताले व्यापक रणनीति माग गर्दछ जसले सहायक घरेलु नीति र बलियो अन्तर्राष्ट्रिय सहयोगका साथ खुला व्यापारलाई एकीकृत गर्दछ ।’
प्रतिवेदनले व्यापारलाई थप समावेशी बनाउन आवश्यक पर्ने घरेलु नीतिमा व्यावसायिक प्रशिक्षण, बेरोजगारी लाभ र ‘अधिक दक्ष र मोबाइल कार्यशक्तिका लागि शिक्षा’ समावेश गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया